×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सेयरमा सिरियस अर्थमन्त्री ,ढुक्कले लगानी गर्नु

२८ फाल्गुन २०८०

२८ फागुन , काठमाण्डौ ।

आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता समेत संसदमा टेबल भइसकेको अवस्थामा अर्थमन्त्रालयको दोस्रो पटक जिम्मेवारी सम्हाल्ने अवसर पाएका अर्थमन्त्री वर्षमान पुनले पुँजी बजारमा सुधारका लागि नीतिगत कदम चाल्ने संकेत गरेका छन् । अर्थमन्त्रीको पदभार ग्रहण गरेलगत्तै सेयर बजारका लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न आग्रह गरेका मन्त्री पुनले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न नियामक निकायसँग सुझाव मागेका छन् ।

अर्थमन्त्रालयले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससीसँग बजारमा देखिएका समस्या समाधान गर्न सुझाव मागेका छन् । सुझाव ७ दिनमा पठाउन भनिएको छ । ‘देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एंव त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिई ७ दिनभित्र कार्ययोजना पेश गर्नुहुुन माननीय मन्त्रिज्यूको निर्देशानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।

मन्त्री पुनले बोर्ड, नेप्से, सिडिएससीसँग सुझाव मागेको भएपनि ब्रोकर, लगानीकर्तासँग भने सुझाव मागेका छैनन् । बजार सुधारका लागि बोर्ड, नेप्से, सिडिएससीसँगै लगानीकर्ता, ब्रोकरको सुझाव पनि महत्वपूर्ण हुने लगानीकर्ता बताउँछन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेलगत्तै सेयर बजारमा भएका नीतिगत विषयलाई करेक्सन गरेर अगाडि बढ्ने बताएका छन् ।

गत बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले अहिले प्यानिक रहेका सेयर लगानीकर्तालाई राहत हुने काम गर्ने जानकारी गराएका थिए । मन्त्री पुनले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने जानकारी गराए । अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गर्नुपर्ने उनको तर्क छ । ‘सेयर बजारमा बेलाबेला तलमाथि भइरहन्छ ।

सेयर बजारमा भएका समस्याहरूलाई संरचनागत तथा नीतिगत रूपले सुधार गर्नुपर्छ । त्यहाँ ६० लाखभन्दा धेरै ग्राहकहरू, सेयर होल्डरहरू रहेको अवस्था छ’ उनले भनेका थिए ‘यो क्षेत्र ६० लाखको काम व्यवहार र भविष्यसँग जोडिएको क्षेत्र हो ।’ पुनले अर्थमन्त्रालय सम्हालेदेखि सेयर बजार उकालो लागिरहेको छ ।

लगानीकर्ताले माओवादी नेतृत्वलाई अनुदार मान्दै आएको पृष्ठभूमि र दुई वर्षयता नेप्से १८,०० र २,००० विन्दुमा घुमिरहेको पृष्ठभूमिमा अर्थमन्त्री पुनमाथि बजारमा सुधारको कदम चाल्नु पर्ने दबाव छ । बजारप्रति नरम भनिने नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत ११ महिना अर्थ मन्त्रालय सम्हाल्दा सुधारका कदम चाल्न नसकेर लगानीकर्तामाझ आलोचित भएकामा पुनले जस लिने चाहेको पनि देखिन्छ ।

उनले अर्थतन्त्र चलायमान बनाउन मात्र नभएर, सेयर बजारमैत्री नीतिका लागि गर्भनर महाप्रसाद अधिकारीसंग पनि छलफल थालिसकेका छन् । दोस्रो पटक अर्थमन्त्री बनेका पुनलाई बजारले स्वागत गरिसकेको छ । उनी बुधबार अर्थमन्त्रीमा नियुक्त भएका थिए । त्यो दिन उतारचढाव देखिएको बजार अर्थमन्त्रीमा पुन आउने निश्चित भएपछि अन्तिम क्षणमा ९.३३ अंकले बढेको थियो ।

नेप्से त्यसको भोलिपल्ट विहीबार १३.५१ र आइतबार २२.१० अंकले बढेर २०५२.६५ को विन्दुमा पुगेको थियो । आफू आएपछि नेप्से लगातार बढ्नुलाई मन्त्री पुनले पनि लगानीकर्ताले गरेको भरोसामा रुपमा लिएका छन् । गठबन्धनको समीकरण परिवर्तनलाई भने बजारले अत्याधिक स्वागत गरेको थियो । फागुन २१ गते तेस्रो पटक सकारात्मक सर्किट लागेर ११७ अंकले बढेर बजार बन्द भएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top