×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

५ पुष , काठमाण्डौ ।

सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नियन्त्रणमा लिएको छ । झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोगमा दीपेन्द्र फेरि पक्राउ परेका हुन् ।

सेयर कारोबारी अग्रवाललाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यसअघि पनि उनी साउनमा पक्राउ परेर छुटेका थिए । धितोपत्रसम्बन्धी ऐनअन्तर्गत उनलाई पक्राउ गरिएको हो ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार प्रतिवादी अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरेका थिए ।

उनले उक्त भ्रामक सूचना प्रवाह गरेर उच्च मूल्यमा सेयर विक्री गरी करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानून विपरीत नाफा आर्जन गरेको सीआइबीको अनुसन्धानमा भेटिएको छ ।

अग्रवालले अन्य अन्य टीएमएएस युजर प्रयोग गरी आपसी खरिद बिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले छ ।

उनले धितोपत्र ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको फेला परेको छ । मोरङको विराटनगर स्थायी घर भई हाल काठमाडौं बस्ने ४२ वर्षीय अग्रवाललाई काठमाडौं महानगरपालिका वडा नं ४, चुनदेवीबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।

धितोपत्र बजारको स्वच्छता र पारदर्शिता कायम राख्न नियामक निकायको प्रतिवेदनका आधारमा प्रहरीले उनीमाथि कानूनी कारबाहीको प्रक्रिया अघि बढाएको हो । हाल सीआईबीको नियन्त्रणमा राखी उनीमाथि सोधपुछ भइरहेको छ ।

यसैबीच, सीआईबीका प्रवक्ता शिव श्रेष्ठका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार प्रतिवादी दिपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग)बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर विक्री गरको अभियोग छ ।

जसबाट उनले करिब उनन्चास लाख उन्नाईस हजार आठ सय पैसठ्ठी रुँपैया नब्बे पैसा कानून विपरीत नाफाआर्जन गरेको र निजले अन्य टिएमएस यूजर प्रयोग गरी आपसी खरिद–विक्री तथा आफन्तरसम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको उल्लेख छ ।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले सोहि ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा जिल्ला मोरङ साविक विराटनगर उपमहानगरपालिका वडा नं.९ बस्ने बर्ष ४२ को दिपेन्द्र अग्रवाललाई मिति २०८२÷०९÷०४ गते सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भई निजलाई मिति २०८२÷०९÷०४ गते काठमाडौं का.म.न.पा.वडा नं. ४, चुनदेवीबाट पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ जनाएका छन् ।

अग्रवालका आफन्तजनले भने विगत केही समयअघिदेखि नेपाल धितोपत्र बोर्डमा भएको भ्रष्टाचारको कडा विरोध गर्दै आएका अग्रवाललाई प्रतिशोध साँध्नका लागि पुरानो फाइल निकालेर पक्राउ गर्ने काम भएको दाबी गरेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top