Nepal Times
Nepal Times
3
Shares

सैनिक अस्पताललाई सनराइज बैकले दियो ७० थान पिपिइ

सैनिक अस्पताललाई सनराइज बैकले दियो ७० थान पिपिइ

१८ चैत, काठमाडौं । सनराइज बैकले नेपाली सेनाको सैनिक अस्पतालका लागि व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ ।

बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले मंगलबार भद्रकालीस्थित नेपाली सेनाको कार्यालयमा सैनिक कल्याणकारी कोषका प्रमुख सागर बहादुर केसी र सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीलाई हस्तान्तरण गरेको हो ।

बैकले ७० थान व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ सहयोग स्वरुप उपलब्ध गराएको हो । त्यसमा ५० थान एक पटक मात्रै प्रयोग गर्न मिल्ने र २० थान पुन प्रयोग गर्न सकिने प्रकारका छन् ।

त्यसैगरी, पञ्जा, मास्क लगायतका सामाग्री पनि बैकले उपलब्ध गराएको छ । सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीले बैकले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामाग्री पिपिई लगायतले विरामीको स्वास्थ्य उपचारमा ठूलो मद्द्त पुग्ने बताए ।

बैकले यसअघि टेकु अस्पताल, विरअस्पताल, नेपाल प्रहरीको अस्पतालको साथै सबै प्रादेशिक अस्पतालहरुमा पिपिइ, मास्क लगायतका सामान सहयोग स्वरुप उपलब्ध गराईसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.