×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

८ चैत्र, झापा ।
सैनिक हुँ भन्दै किराना पसलेलाई ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–८ का ४६ वर्षीय राजकुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले मेचीनगर नगरपालिका–१२ मा रहेको चारआलीको सुम्निमा पारुहाङ किराना पसल सञ्चालक डाकबहादुर राईलाई एक लाख दुई हजार रुपैयाँ नगद ठगी गरेका थिए ।

राउतले आफू सैनिक भएको र मेसको कामको जिम्मेवारी रहेको बताउँदै मेसमा बचेको सामान सस्तो मूल्यमा दिने प्रलोभन देखाएर राईलाई ठगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

राउतले राईलाई पैसा र गाडी लिएर चारआलीमा रहेको सेनाको ब्यारेकको गेटमा आउन भनेका थिए । उनले रकम बाटैबाट लिई चालक ख्याम अधिकारीलाई सामान लिन सेनाको गेटमा बोलाएको प्रहरीको भनाइ छ ।

सामान लिन गाडी लिएर गएका अधिकारीले गेटमा पुग्दा निज व्यक्ति नभेटिएको र उनले दिएको सम्पर्क नम्बरमा समेत फोन गर्दा नउठेपछि तत्काल प्रहरी चौकी चारआलीमा निवेदन दिएका थिए । प्रहरीले राईले दिएको निवेदन र हुलियाको आधारमा खोजतलास गरेको थियो ।

उनलाई शुक्रबार काँकरभिट्टाबाट पक्राउ गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । अनुसन्धानका क्रममा राउतले आफ्नो नामसमेत ढाँटी फरक(फरक सिमकार्ड प्रयोग गरी चन्द्रगढी, चारआली, धुलाबारी, बिर्तामोड, मोरङको उर्लाबारी, विराटनगर र काभ्रेलगायतका दर्जनौँ ठाउँमा किराना पसललाई सैनिकको ब्यारेकमा बचेको सामान सस्तोमा दिने भन्दै सयौँलाई ठगी गरेको पाइएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताए । उनको साथबाट प्रहरीले ५४ हजार रुपैयाँ नगद, एक थान मोबाइल र सिमकार्ड बरामद गरेको छ । (रासस)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top