Nepal Times
Nepal Times
3
Shares

सैफ अलि खानमाथि कानुनी निगरानी

सैफ अलि खानमाथि कानुनी निगरानी

एजेन्सी । बलिउड अभिनेता सैफ अलि खान र चलचित्र आदिपुरुषका निर्देशक ओम रावत कानुनी निगरानीमा परेका छन ।

सैफ आदिपुरुषमा रावणलाई मानवीय रुपमा चित्रण गरिने भनाइका कारण कानुनी निगरानीमा परेका हुन । भारतीय सञ्चारमाध्यमका अनुसार सैफ अली र ओम रावत विरुद्धको मुद्दा उत्तर प्रदेशस्थित जौनपुर जिल्लाको अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेट, एसिजेएममा दर्ता गरिएको छ । अदालतले अर्काे सुनुवाइका लागि डिसेम्बर २३ मिति तोकेको छ । नागरिक अदालतका अधिवक्ता हिमांशु श्रीवास्तवले धारा १५६ (३) अन्तर्गत अधिवक्ता उपेन्द्र विक्रम सिंह मार्फत मुद्दा दर्ता गराएका हुन । भगवान रामबारे बन्ने आदिपुरुषमा सैफ रावणसँग मिल्दोजुल्दो भूमिकामा देखिनेछन । सैफले एक अन्तर्वार्तामा भनेका थिए, ुलक्ष्मणले रावणको बहिनी सुपर्णखाको नाक काटिदिएका थिए । त्यसैले उनले सीतालाई अपहरण गर्नुको औचित्य छ । डिसेम्बर ६ मा दिएको सो अन्तर्वातामा उनले यो पनि भनेका थिए, ुफिल्ममा रावणको परोपकारी र मानवीय पक्ष देखाइने छ । वादी पक्षले सैफले यो भनाइले सनातन धर्मको आस्था र विश्वासमाथि नकारात्मक असर पारेको भनेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.