×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सैफ अलीको घरमा जनवरी १६मा के भएको थियो ?

३० चैत्र २०८१

३१ चैत , एजेन्सी ।

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार प्रकरणमा बान्द्रा प्रहरीले मेट्रोपोलिटन मजिस्ट्रेट अदालतमा आरोपपत्र दायर गरेको केही दिनपछि अहिले यसको विवरण बाहिर आएको छ ।

यसै अनुसार जनवरी १६ मा सैफलाई घरमा छुरा प्रहार गर्ने व्यक्तिसँग झगडा गरिरहँदा उनकी श्रीमती तथा बलिउड अभिनेत्री करिना कपुर खानले उनलाई आक्रमणकारीलाई छोडेर आफ्नो सुरक्षा र उपचारलाई प्राथमिकता दिन आग्रह गरेको खुलेको छ ।

करिना कपुरले पुलिसलाई दिएको बयानमा यो कुरा भनेकी हुन, जसलाई चार्जशीटको हिस्सा बनाइएको छ । यस मामिलामा पक्राउ परेका बंगलादेशी नागरिक मोहम्मद शरीफुल फकिरविरुद्ध बान्द्रा पुलिसले १६ सय १३ पृष्ठको चार्जशीट दायर गरेको छ ।

आरोपपत्रका अनुसार करीना आफ्नी साथी रिया कपूरलाई भेटेर जनवरी १६ मा बिहान १ः२० बजे मात्रै घर फर्किएकी थिइन् । ‘करिब २ बजेतिर जुनु (जहाङ्गिरकी आमाबुवा) कराउँदै मेरो कोठामा आउनुभयो, जयबाबाको कोठामा एकजना मानिस हातमा छुरी लिएर आएका छन्, पैसा मागिरहेका छन् भनेर आत्तिदै भने।’

त्यसपछि करीना र सैफ जहाँगीरको कोठामा पुगे र अभियुक्त आक्रमणकारीलाई पहिलो पटक देखेका थिए । आरोपपत्रका अनुसार सैफले लुटेरालाई भेटे र सोधे ‘को हो, तिमी के चाहन्छौ ?’ भन्दै आरोपीतिर लागेका मात्रै के थिए, त्यसपछि अभिनेता र आरोपित बीच झडप सुरू भयो ।

करीनाले भनिन्, ‘सैफले आक्रमणकारीलाई काखमा समातेर लडाए तर आक्रमणकारीले उनको घाँटी, ढाड र हातमा छुरीले प्रहार गरिरहेको थियो ।’ आरोप पत्रमा भनिएको छ कि अर्की नानी गीता सैफलाई मद्दत गर्न दगुरे तर आक्रमणकारीले उनलाई पनि आक्रमण गरे र उनको हातमा पनि चोट लागेको थियो ।

त्यसपछि करिनाले चिच्याइन्, ‘जैबाबा (जहांगीर) लाई चाँडै बाहिर निकाल्नुहोस् ।’ करीना जहाँगीर, तैमुर र आलेम्मासँगै बाह्रौं तलाको कोठामा दौडिन् । केही समय पछि सैफ बाह्रौं तल्लाको कोठामा आए, उनको लुगा रगतले भिजेको थियो र उनको ढाड र घाँटीमा घाउ थियो ।

‘सैफले आक्रमणकारीलाई पक्रने हरसम्भव प्रयास गरिरहेका थिए, त्यतिन्जेल हाम्रा सेवक हरि, रामु, रमेश र पासवान सहयोग गर्न आए । हामी सबैले आक्रमणकारीलाई खोज्ने प्रयास ग¥यौं, तर कतै फेला पार्न सकेनौं।

त्यतिबेला सैफको उपचार बढी जरुरी भएकोले मैले भनेँ, ‘यो सब छोड, पहिले तल गएर अस्पताल लैजाउ । हामी सबै आफ्नो ज्यान जोगाउन लिफ्टबाट ओर्लियौं।’ हरिले सैफलाई अटोरिक्शामा लिलावती अस्पताल लगेका थिए, तैमुर पनि साथमा थिए ।

पछि करीनाले आफ्नी बहिनी करिश्मा कपूर र म्यानेजर पूनम दमानियालाई मद्दतको लागि सम्पर्क गरिन् । उनका म्यानेजरका श्रीमान् तेजस दमानियाले प्रहरीलाई खबर गरेपछि अफिसर आएर परिसरमा खोजी गरेका थिए तर आक्रमणकारीको कुनै पत्ता लागेन ।

सैफ अली खानलाई १६ जनवरीको बिहान उनको मुम्बईको घरमा एक घुसपैठिले चक्कुले आक्रमण गरेको थियो। मोहम्मद शरीफुल इस्लाम शहजाद नाम गरेका आरोपी केही दिनपछि पक्राउ परेका थिए र हाल जेलमा छन्।

उसमाथि मुम्बईस्थित सैफ अली खानको घरमा लुटपाटको नियतले प्रवेश गरेको आरोप छ । उनले अभिनेता र उनका कर्मचारीलाई काठको हतियार र ब्लेडले आक्रमण गरेको आरोप पनि लगाइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top