×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सैलुनलाई एसी र इन्भर्टर दिने मेयरको तोकआदेश

४ बैशाख २०८२

४ वैशाख , काठमाण्डौ ।
उहिले उहिले राजामहाराजाका पालमा हिड्दा हिड्दै रैतीलाई बक्सिस दिने, जा गरिखा भन्दै जग्गै दिने, फलानोलाई यति पैसा दिनु, जागिर दिनु भन्दै बाटाबाटै हुकुम बक्सिने गरेका कुरा अहिले हाम्रो पुस्ताका लागि अनौठो लाग्न सक्छ ।

अहिले गणतन्त्र, संघीयराज्यमा सबैकुरा पारदर्शी र नियमसंगतले हुनुपर्छ भन्ने मान्यता छ । तर यसको विपरित अझै पनि हुकुमी शैली, बाटाबाटै तोकादेश लगाउने शैली गएको छैन। अब त झनै नेताहरुले गोजीबाट योजना झिक्ने र आफ्नोसमेत भागमा पर्ने गरी आसेपासेलाई बाड्ने चलन फस्टाएको छ ।

गाउँगाउँ, नगरनगरमा भएका छोटे राजाहरुले इतिहास बनिसकेका राजाहरुलाई अझै बिर्सन दिएका छैनन् । अहिले यस्तै सम्झाउने एउटा तोकआदेश सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले आफैंले उद्घाटन गरेको सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने तोकआदेश अहिले सामाजिक संजालमा छ्याप्छ्याप्ती भइरहेको छ । जसको चौतर्फी विरोध भएको छ ।

हेटौंडाका अधिवक्ता, प्राध्यापक, युवा व्यवसायीलगायतले मेयरको तोकओदशको खुलेरै विरोध गरेका छन् । ३ वैशाखमा हेटौंडा–४, शितलमहल चोकस्थित दी नाइन्टिन सैलुनमा एसी र इन्भर्टर मागसम्बन्धी पत्र मेयर लामा समक्ष पेस भएको थियो ।

मागपत्रमा आर्थिक शाखालाई सम्बोधन गर्दै माग भएको सामग्रीको लागत अनुमान तयार गरिदिनका लागि निर्देश गरिएको छ । मेयर लामाको तोकपछि ३ गतेको मितिमा १८३२६ नम्बरबाट उक्त पत्र दर्ता भएको छ ।

मेयर लामाको आफन्त नाता पर्ने सैलुनका सञ्चालक सुसन घलानको अनुरोधमा उनी सैलुनको उद्घाटन गर्न गएको सोही क्रममा एसी जडानको लागि सहयोग गर्ने वचन दिएको मागपत्रमा उल्लेख छ ।

‘उद्घाटन कार्यक्रममा तपाईंले भन्नुभएको ‘सैलुनमा गर्मी धेरै छ, म एसी जडानको लागि सहयोग गर्छु’ भन्ने कुरा सम्झेर, यो औपचारिक निवेदन लिएर उपस्थित भएका छु’, पत्रमा जनाइएको छ ।

सञ्चालक घलानले गर्मी अत्यधिक भएको र सैलुनमा ग्राहकको भिड बढिरहेकाले आरामदायक सेवा दिन एक थान एसीको आवश्यकता परेको मागपत्रमा बताएका छन् । साथै, हेटौंडामा लोडसेडिङ तथा अनियमित विद्युत् आपूर्तिका कारण सैलुनको सेवा अवरुद्ध हुने अवस्था आउने भएकाले इन्भर्टरको आवश्यकता रहेको घलानले बताएका छन् ।

यता सर्वत्र विरोध भइरहँदा पनि हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले भने कार्यलयबाट तोकआदेशमा धेरै काम हुने र भइरहेको बताउँदै यसलाई सामान्य लिनुपर्ने धारणा राखेका छन् ।

उपमहानगरबाट सैलुनलाई ‘ल्याब बनाउने’ योजना भएर एसी र इन्भर्टर सहयोग गर्न खोजिएको बारे आफूले जानकारी पाएको उनको भनाइ छ । उपमहानगरका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले काम गर्छु भनेर स्थानीय सरकारको ढोकामा आएको युवालाई सहयोग गर्न खोजिएको भनेका छन् ।

हाल लागत योजना तयार पार्न भनिएको र माग भएको सामग्री दिने वा नदिने निर्णय हुन बाँकी रहेको उनले बताए । सर्वत्र विरोध हुनेगरी उपमहानगरपालिकाको कर्मचारी समक्ष पेस भएको सो पत्र बाहिर ल्याउने पात्र सैलुनका सञ्चालक घलान स्वयम् नै हुन् ।

उनले सैलुनको टिकटक आइडीबाट उक्त पत्र सार्वजनिक गरेका हुन् । मेयर लामाले केही समय अघि सोही सैलुनको उद्घाटन गर्दै, कपाल काट्ने, फेसियल गर्ने, नेल आर्ट गर्ने लगायतका सेवा समेत लिएकी थिइन् ।

सो समयमा मेयर लामाले केही भिडियो र केही फोटोहरू समेत खिचाएकी थिइन् । व्यवसायी त्यसमाथि पनि युवाहरूलाई प्रोत्साहन गर्न मेयर लामाको उद्देश्य अनुसार बनाइएका भिडियो र फोटो सहित सैलुन सञ्चालकले तोक आदेश भएको उक्त पत्र समेटेर टिकटक भिडियो बनाउँछन् ।

सोही भिडियोबाट स्क्रिन सर्ट गरेर निकालिएको पत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो । यता उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले अहिले भने आफूले पत्र नरहेको र अनौपचारिक रूपमा केही जानकारी लिएको बताएका छन् ।

उनले नयाँ ढङ्गको व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्ने प्रयासमा रहेका युवाहरूलाई प्रोत्साहन गर्ने उपमहानगरपालिकाको कार्यक्रम अन्तर्गत सो विषय अघि बढाइएको उनले बताए ।

व्यवसाय प्रवद्र्धनको उद्देश्यअनुसार अघि बढाएको सो पत्रको विषयमा आर्थिक प्रशासन महाशाखा प्रमुख तिमल्सिनासँग बुझ्न उनले आग्रह गरेका छन् । यस्तै सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने विषय व्यवसायी प्रवद्र्धनको नीति अनुरूप भएको हेटौँडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले बताएका छन् ।

मेयरलाई उपमहानगरपालिकालाई व्यवसाय प्रवद्र्धनको लागि सहयोग गर्ने अधिकार रहेकाले सोही अनुसार प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । माग अनुसारको सामग्री दिएर व्यवसाय प्रवद्र्धनका लागि सहयोग दिने आर्थिक प्रशासन हुँदै लागत मूल्याङ्कनको प्रक्रियामा पठाइएको उनको भनाइ छ ।

अधिकार क्षेत्र भित्रै रहेर मागमा आधारित सो सामग्री दिने तयारी भएको उनले बताए । विलासिता सामग्री माग भएकाले आलोचना भएको उनको भनाइ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top