Nepal Times
Nepal Times
3
Shares

सोती घटनामा संलग्नताको आशंकामा थप ७ जना पक्राउ

सोती घटनामा संलग्नताको आशंकामा थप ७ जना पक्राउ

२३ जेष्ठ, रुकुम पश्चिम । जातीय विभेदलाई लिएर भएको सोती घटनामा संलग्नताको आशंकामा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई बिहीबार बेलुकी ९ बजे जिल्ला प्रहरीमा पु¥याइएको हो । यीसँगै पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।

पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन छन् । अनुसन्धानको क्रममा

यसअघि पक्राउ परेकाहरूको बयानमा उनीहरूको पनि नाम जोडिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतको अनुमतिमा पक्राउ परेका उनीहरूमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

पीडित परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी दिएकामध्ये २ जना अझै फरार छन् । अघिल्लोचोटि पक्राउ परेका १८ जनालाई बिहीबार नै जिल्ला अदालतबाट दोस्रो पटक १० दिनको म्याद थप भएको छ । सोतीकी १७ वर्षीया मल्ल थरकी किशोरीका प्रेमीसहित जाजरकोटतर्फबाट आएका युवा स्थानीयको आक्रमणमा परेका थिए । जसमा ६ जनाको मृत्यु भएको छ । किशोरीका प्रेमी भनिएका नवराज विकसहित अरू ५ जनाको भेरी नदीमा शव भेटिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.