Nepal Times
Nepal Times
3
Shares

सौर्यमण्डल भन्दा बाहिरको सुपर अर्थ पत्ता लाग्यो

सौर्यमण्डल भन्दा बाहिरको सुपर अर्थ पत्ता लाग्यो

२६ भदौ, एजेन्सी ।

सौर्यमण्डल भन्दा बाहिरको एक ग्रहमा पानी भएको पत्ता लागेको छ । खगोलविद्हरुले पहिलो पटक अहिलेको सौर्यमण्डल भन्दा बाहिरको एक ग्रहमा पानी भएको पत्ता लगाएका छन् ।

उनीहरुको नयाँ अध्ययनले त्यहाँको तापक्रम पनि जिउनका लागि उपयुक्त पाइएको छ । सो ग्रहको नाम ‘के२—१८बी’ दिइएको छ । यसको क्षेत्रफल पृथ्वीको भन्दा ८ गुणा बढी भएको र यसलाई ‘सुपर अर्थ’को नाम दिइएको जनाइएको छ ।

अध्ययनका अनुसार यो ग्रह पृथ्वीबाट ११० प्रकाश वर्ष टाढा रहेको छ । यो ग्रह सन् २०१५मा नासाको केप्लर स्पेसक्राफ्टले पत्ता लगाएको भए पनि पानी र तापक्रमको अवस्थाका बारेमा भने अहिले पत्ता लागेको हो ।

त्यहाँ पानी पनि भएको र तापक्रम पनि उपयुक्त भएकोले जीवन सम्भव हुनेतर्फ खगोलविद्हरुले सम्भावना देखाएका छन् । ‘‘पानी पाइनुले पृथ्वी बाहेकको अर्को ग्रह पनि बस्न योग्य भएको पाइएको छ ।

यो उत्साहजनक कुरा हो,’’ युनिभर्सिटी कलेज लण्डनको सेन्टर फर स्पेस एक्सोकेमिस्ट्री डेटाका रिसर्च एसोसिएट तथा अहिलेको अध्ययन प्रतिवेदनका लेखक एन्जेलोज टिसियारसले भने ।

सोही कलेजका लेक्चरर तथा प्रतिवेदनका सहलेखक इन्गो वाल्डम्यान््ले आगामी दशकमा यस प्रकारका केही ग्रह पाइन सक्ने जनाउँदै तर बस्न योग्य पहिलो ग्रह अहिले फेला परेको जनाएका छन् । (सीएनएन)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.