×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सौर्य प्लान्टबाट उत्पादित १० मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडियो

१८ फाल्गुन २०७७

१८ फागुन, नुवाकोट । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको देशकै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ ।

परीक्षणका रूपमा गएको जेठमा १०.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए ।

आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमवार स्थलगत अवलोकनमा आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई अहिले आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जडान सुरु गरेको र त्यस परीक्षण सफल भइरहेको जानकारी आयोजना प्रमुख रघुवंशीले गराए ।

आयोजनामा रहेका सातवटा ब्लकमध्ये स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कूल रहेको ठाउँ) र फोर–वे (नेपाली सेनाको ब्यारेक पछाडिको चौर) मा जडान गरिएको सौर्य प्यानलमार्फत १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । यस विद्युत् देवीघाट जलविद्युत केन्द्रको प्रसारण प्रणालीमार्फत सिधै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनाले २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात ठाउँको खाली जग्गा उपयोगमा ल्याउने क्रममा अबको केही दिनमा थप पाँच मेगावाट विद्युत् उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

थप विद्युत् उत्पादनका लागि विदुर नगरपालिका–६ र १२ नं मा पर्ने रातमाटे, केराघारी, हेलिप्याड र कफीघारीको ठाउँ नं १ र ठाउँ नं २ गरेर थप पाँच ठाउँमा अहिले जग्गा सम्याउनेदेखि प्यानल जडानको काम भइरहेको छ ।

त्यसअन्तर्गत रातमाटे, केराघारी र हेलिप्याड क्षेत्रको काम अन्तिम चरणमा पुर्याइएको एक महिनाभित्रै पाँच मेगावाट विद्युत् थप हुने देखिएको छ । थप विद्युत् चाँडो गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्न प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले निर्देशन दिए ।

’यो वर्ष हिउँदमा वर्षा नहुँदा नदी तथा खोलामा पानीको बहाव निकै कम भएको छ । यसले विद्युत् सङ्कट बढाउन सक्ने देखिन्छ’ उनले भने, ’अभाव पूरा गर्नका लागि वैकल्पिक योजनाका रूपमा रहेको सौर्य प्लान्ट जतिसक्दो चाँडो सञ्चालन गर्नतर्फ लाग्नुपर्छ ।’

दुई चरणअन्तर्गत थप छ महिनाभित्र आयोजना पूरा गरेर विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य भएकाले त्यसलाई पूरा गर्न सकिने आयोजना प्रमुख रघुवंशीले प्रतिबद्धता जनाए । नेपालकै ठूलो सौर्य प्लान्टका रूपमा निर्माण भइरहेको ‘ग्रिड सोलार आयोजना’ नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण थालिएको हो ।

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’ मार्फत काम भइरहेको छ । करिब तीन अर्ब ८० करोड रुपैयाँ लाग्ने प्रक्षेपण गरिएकाले यस आयोजना विद्युत् उत्पादनका लागि महँगो भए पनि विद्युत् उत्पादनको वैकल्पिक स्रोत र नमुनाका रूपमा लिइएको प्राधिकरणले जनाएको छ ।

खेर जाँदै आएको सौर्य ऊर्जा सङ्कलन गरेर प्राधिकरणको प्रयोगविहीन (खाली रहेको) जग्गामा सञ्चालन हुने आयोजनाको लगानी, प्रयोग र विद्युत् उत्पादनमा देशकै ‘नमुना’का रूपमा लिइएकाले यसलाई नाफा नोक्सानको रूपमा लिन नहुने प्राधिकरणले जनाएको छ ।

प्राविधिकहरूका अनुसार आयोजनाबाट २५ मेगावाट विद्युत् भए पनि डिसी (डाइरेक्ट करेन्ट) बाट एसी (अल्टरनेट करेन्ट)मा रूपान्तरण गर्दा प्रयोगयुक्त विद्युत् करिब २२ मेगावाट हुने देखिन्छ ।

सौर्य प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भारको सम्पूर्ण काम निर्माण व्यवसायीले पाँच वर्षसम्म गर्ने सम्झौता उल्लेख भएअनुसार आयोजनाको हस्तान्तरण त्यसपछि मात्र नेपाल विद्युत् प्राधिकरणलाई हुनेछ ।

प्लान्टबाट उत्पादित विद्युत् अहिले देवीघाट जलविद्युत् केन्द्रमार्फत उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको प्रसारण लाइनबाटै पठाइएको छ । सौर्य प्लान्ट आयोजनाको आफ्नै ६६ केभी क्षमताको सबस्टेशन निर्माणको प्रक्रियामा छ ।

सौर्य प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रसारणमा वार्षिक तीन करोड ३० लाख रुपैयाँ युनिट विद्युत् थप हुने प्राधिकरणको अनुमानित लक्ष्य छ । (रासस)

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top