×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

स्टप रेप भन्दै विराटनगरमा प्रदर्शन

२३ कार्तिक २०७७

२३ कात्तिक, विराटनगर ।
पछिल्लो समय नेपालमा बलात्कारका घटनाहरु बढ्दै गएको र सरकारले यसको नियन्त्रण गर्न सरकारले पहल नगरेको भन्दै विराटनगरमा बलात्कार विरुद्ध प्रदर्शन गरिएको छ । ‘अझै कति सहने ?’ अभियानका अभियान्ताहरुले शनिबार विराटनगरसहित देशैभर एकै पटक सामुहिक प्रदर्शन गरेका छन् ।

अभियान्ताहरुले ७ बुँदे मागसहित दिउँसो ३ बजे देशैभर सामुहिक प्रदर्शन गरेका हुन् । विराटनगरको ट्राफिक चौकमा भएको प्रदर्शनमा सहभागी किशोरीहरूले ‘सरकार, म मेरो समाजमा सुरक्षित छैन’, ‘स्टप रेप’,‘कपडा साने हैन सोच सानो’,‘समाज पनि हो दोषी’, ‘घरभित्रै पनि होसियार ’, ‘बलात्कारीको लिंग हुँदैन’, ‘नो मिन्स नो’, ‘हामी चुप कहिले सम्म ?’, ‘सरकार तेरो पाराले दुःख पायो साराले’, ‘पितृ सत्ताको नियमले हामीलाई सधै अन्याय गर्छ’ जस्ता नारा लेखिएका प्ले कार्डसहित प्रर्दशनमा उत्रिएका थिए ।

यस अभियानले सरकार समक्ष जबर्जस्ती करणीको जाहेरीका लागि हद म्याद हुन नहुने, कम सजायको प्रावधान हटाउनुपर्ने, जबर्जस्ती करणीका कसुरदारलाई आममाफी दिन नहुने, पीडित १८ वर्षभन्दा मुनि छ भने कसुरदारलाई आजीवन कारावास र १८ वर्षभन्दा माथिको छ भने कसुरदारलाई जन्मकैद (२५ वर्ष) को व्यवस्था हुनुपर्ने तथा जाहेरी दर्ता भएदेखि अदालती प्रक्रिया सुरु नभएसम्म महिला आयोग र मानवअधिकार आयोगका अधिकारी अनुसन्धान प्रक्रियामा प्रतिनिधि राखिनुपर्ने माग राखेको छ ।

त्यस्तै, मुलुकी अपराध संहिताको दफा २१९ मा लेखिएको ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा…’ भन्ने शब्दावलीमा यसलाई ‘कुनै व्यक्तिले कुनै व्यक्तिलाई…’ बनाउनुपर्ने र यसै दफामा रहेको ‘बालिका’ शब्दलाई ‘बालबालिका’ बनाउनुपर्ने उनीहरुले माग गरेका छन्।

पछिल्लो समय देशमा बलात्कारका घटना बढेको र दोषी उम्किएको भन्दै विभिन्न ठाउँमा व्यापक प्रदर्शन हुँदै आएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top