×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्थानिय तहलाई ऋण लिन स्वीकृत प्रदान, राष्ट्रबैँक भन्छ ःहामीलाई जानकारी नै छैन

७ असार २०७५

विराटनगर,असार ७
स्थानीय तहलाई आवश्यक परेमा आन्तरिक ऋण लिनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृति प्रदान गरेको छ ।

मन्त्रालयले स्थानीय तहलाई आव २०७५र०७६ को आवश्यक बजेटका लागि अन्य स्रोतबाट आन्तरिक ऋण लिन स्वीकृत प्रदान गरिएको मन्त्रालयका शाखा अधिकृत केशवराज सुवेदीले जानकारी दिए ।

केन्द्र र प्रदेश सरकारले बजेट ल्याइसकेपछि स्थानीय सरकारले बजेट ल्याउने तयारीमा गरिरहेका बेला मन्त्रालयले सबै स्थानीय सरकारलाई बुधबार ऋण लिनका लागि सर्कुलर समेत जारी गरिसकेको छ । उनले आफ्नो विकास निर्माणका लागि बजेटका लागि स्थानीय तहले आन्तरिक ऋण लिन सक्ने बताए ।

मन्त्रालयको मंगलबार बसेको बैठकले स्थानीय तहलाई निश्चित सीमा तोकी आन्तरिक ऋण लिनसक्ने निर्णय गरेको थियो ।

यसरी लिइने ऋणको सीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोक्ने गरेको छ । आयोगका सचिव डा.बैकुण्ड अर्यालका अनुसार स्थानीय सरकारले आन्तरिक ऋण लिँदा आव २०७५र७६ मा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडको आधार र स्थानीय तहको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने गरी राजश्वको योगफलको १० प्रतिशत नबढ्ने गरी ऋण लिन पाउने छ ।

उनका अनुसार स्थानीय सरकारले लिएको ऋणको परिचालन पुँजी निर्माण र दीर्घकालीन लाभका क्षेत्रमा मात्र लगानी गर्नुपर्ने तथा साधारण प्रकृतिका काम र प्रशासनिक खर्चका लागि ऋणको प्रयोग गर्न पाइने छैन । संविधानको धारा २५१ को उपधारा १ को खण्ड ‘च’ बमोजिम स्थानीय तहले आन्तरिक ऋण लिन पाउने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने स्थानीय तहलाई आन्तरिक ऋण उठाउन दिने निर्णयबारे जानकारी नभएको बताए । वित्त आयोगका सचिव डा.बैकुण्ड अर्यालले आयोगले आन्तरिक प्रदेश सरकार र स्थानीय सरकारलाई आन्तरिक ऋण उठाउने सिमा तोकेर सिफारिस गरिएको बताए । उनले स्थानीय तहले उठाउने आन्त्रिक ऋणको नियमन र सुपरिवेक्षण कसले गर्ने भन्नेबारे एकिन नभैसकेको पनि जानकारी दिए ।

हालसम्म तीन वटा प्रदेश सरकारले भने आन्तरिक ऋण उठाउन प्रस्ताव गरेका छन् । आन्तरिक ऋण उठाउनु अघि केन्द्र सरकारको अनुमति अनिवार्य गरिएको छ ।(विकास न्युज)

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top