×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

स्थानीय तहको चुनावको मिति घोषणा गर्न गाउँपालिका र नगरपालिका संघको माग

Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

३ माघ, काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले तत्काल स्थानीय तहको चुनावको मिति घोषणा गर्न माग गरेका छन् ।

स्थानीय सरकारका प्रतिनिधमूलक यी संस्थाहरुले आज संयुक्त विज्ञप्ति निकालेर तत्काल स्थानीय तहको चुनाव प्रक्रिया थाल्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेका हुन् ।

समयमै चुनाव नभएमा पालिका प्रमुख र वडाध्यक्षहरुले गर्दै आएका सिफारिस लगायतका कामहरु अवरुद्ध हुने र त्यसले लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै नकारात्मक प्रभाव पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

’संविधानले नै जनप्रतिनिधिविनाको स्थानीय सभा र कार्यपालिकाको व्यवस्था नगरेको र म्याद थपको पनि व्यवस्था नगरेकाले समयमै चुनाव गर्नुको विकल्प नरहेको तीनवटै संस्थाको ठहर छ ।

निर्वाचन आयोगले आउँदो वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले चुनावको मिति तोकेको छैन । सरकारले चुनावको मिति घोषणा गर्न ढिलाई गरेपछि तीन वटै संस्थाले विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएका हुन् ।

संविधान र विद्यमान कानूनअनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्य रुपमा गरिसक्नु पर्नेछ’ विज्ञप्तिमा उल्लेख छ ।

Scroll to Top