Nepal Times
Nepal Times
3
Shares

स्पेनिस लिगः बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

स्पेनिस लिगः बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

२९ चैत, काठमाडौँ । स्पेनिस ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई २–१ ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक/एक गोल गरे । बेन्जिमाले खेलको १३ औँ र क्रुसले २८ औँ मिनेटमा गोल गरे । बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल फर्काए ।

जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । रियलले एट्लेटिको मड्रिडलाई पनि हेड टु हेडमा पछि पारेको छ । एक खेल कम खेलेको एट्लेटिकोको पनि ६६ अंक रहेको छ । बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.