×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

स्याङ्जाको बुथकब्जाको प्रकरण के हो ? शंकाले रोकियो मतगणना

९ मंसिर २०७९

९ मंसिर, काठमाण्डौ ।
देशभरका अधिकांशजसो स्थानबाट मतपरिणाम समेत सार्वजनिक भइसकेको समयमा स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सकिएको आज ५ दिन पूरा भइसकेपनि अझै मतगणना अझै सुरु हुन सकेको छैन ।

नेकपा एमालेले चापाकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ बुथ कब्जा भएको भन्दै सोमबारदेखि पुनः मतदानको मागसहित धर्नामा बसेको छ । चापाकोटको वडा नम्बर ३ को दिसिङ्कोट आधारभूत विद्यालय कमेरे–४ को राममन्दिर माध्यमिक विद्यालय दार्सिङ र ५ को जनसक्रिय माध्यमिक विद्यालय चिदीपोखरीका मतदान केन्द्रमा पुनः मतदानका लागि एमालेले निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय वालिङले जनाएको छ ।

सोही मतदान केन्द्रहरूमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले बुथ कब्जामा लिई सबै मतदाताको नाममा मतदान गरेको दावी गर्दै पुनः मतदान गराउन एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्याल, प्रदेशसभा सदस्यका डा. बुद्धिमान श्रेष्ठ र प्रदेश (ख) का प्रतिनिधि यामकान्त खनालले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

तर त्यहाँ अझैपनि पूनः मतदान हुने वा मतगणना सुरु गर्ने भन्ने बारे निर्णय भएको छैन । यता नेपाली कांग्रेसले भने तत्काल मतगणना सुचारू गर्न माग गर्दै मंगलबारदेखि धर्ना दिइरहेको छ । क्षेत्र नम्बर २ वालिङ नगरपालिकामा रहेको निर्वाचन कार्यलयले भने माथिबाट केही आदेश आयको छैन भन्दै यहाँबाट केही थप निर्णय गर्न नमिल्ले जनाएको छ ।

त्यस्तै स्याङ्जा क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुगेको छ । यसैबीच, सामाजिक सञ्जालमा भने केही दिन अघि स्याङ्जामा बुथ कब्जा भएको भनिएको भन्दै स्थानीयले खिचेको भिडियो भाइरल भएको थियो । स्याङजा २ मा एमालेबाट पद्मा अर्याल र कांग्रेसबाट उपसभापति धनराज गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top