Nepal Times
Nepal Times
3
Shares

स्वच्छ वातावरणमा जोड दिन काठमाडौँका विद्यालयलाई मेयरको अपिल

स्वच्छ वातावरणमा जोड दिन काठमाडौँका विद्यालयलाई मेयरको अपिल

२८ कात्तिक, काठमाडौँ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने गरी पठनपाठनको कामलाई अघि बढाउन मातहतका सबै विद्यालयहरुलाई आह्वान गरेका छन् । मेयर शाक्यले विद्यालय तहमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुग्ने गरी पठनपाठन भए घर, परिवार र सिंगो समाजमा स्वच्छ वातावरण निर्माण गर्न सहज हुने पनि स्पष्ट पारे ।

उनले विद्यालयहरुको स्वच्छ वातावरण निर्माणका लागि काठमाडौं महानगरपालिकाले १३ करोड बजेट चालू आर्थिक वर्षका लागि विनियोजन गरेको उल्लेख गर्दै त्यसले विद्यालय तहको सुधार कार्यक्रममा थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

विश्व मधुमेह दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित ‘मधुमेह नियन्त्रणार्थ प्रधानाध्यापकहरुको भूमिका’ विषयक गोष्ठीमा बोल्दै मेयर शाक्यले काठमाडौं महानगरपालिकाले मधुमेह रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्नका लागि नेपाल मधुमेह समाजलाई २० लाख बजेट हस्तान्तरण गरेको पनि स्मरण गराए ।

मेयर शाक्यले नागरिकहरुलाई रोग लाग्न नदिने खालका सबै कार्यक्रमहरुमा काठमाडौं महानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.