×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

स्वतन्त्र उम्मेदवारको समर्थनले हौसिए ट्रम्प पनि

८ भाद्र २०८१

८ भदौ, विराटनगर ।
दास्रोपटक संयुक्त राष्ट्र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः एकपटक ‘प्रेसिडेन्ट’ बन्न तम्सिएका छन् । ट्रम्पले यसअघि सन् २०१७ देखि २०२१ सम्म अमेरिकी राष्ट्रपतिको भूमिका निर्वाह गरिसकेका छन् ।

२०२१ मा राष्ट्रपतिको उम्मेदवार बनेर डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग पराजित बनेका ट्रम्प पुनः उम्मेदवार बनेका हुन् । सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका ट्रम्पले डेमोक्रेटिक पार्टीकै हिलारी क्लिन्टनमाथि जित हाँसिल गरेका थिए ।

अब, आगामी नोभेम्बरमा हुने चुनावमा पनि महिला उम्मेदवारलाई हराएर दोस्रो राष्ट्रपतिमा दोस्रो कार्यकाल बिताउने योजनामा छन्, ट्रम्प । उमेरले ७८ वर्ष पुगेका ट्रम्पले आफूभन्दा १९ वर्ष कान्छी कमला ह्यारिसलाई प्रतिद्वन्द्वीका रूपमा पाएका छन् ।

राष्ट्रपति जो बाइडेन पछाडि हटेपछि वर्तमान उपराष्ट्रपतिसमेत रहेकी ह्यारिस ट्रम्पसँग चुनावी मैदानमा होमिन आँटेकी हुन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिस पूर्वराष्ट्रपतिद्वय बाइडेन र बाराक ओबामाको साथ र समर्थनले हौसिएकी छन् ।

ट्रम्पले पनि अमेरिकाको राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरको साथ पाउने भएका छन् । उनी अमेरिकी सिनेटर रोबर्ट एफ केनेडीका छोरा र पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिजा हुन् । शुक्रबार अमेरिकाको एरिजोनामा आयोजित चुनावी ¥यालीमा एउटै मञ्च साझा गर्दै केनेडीले ट्रम्पलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरे ।

यसअघि ह्यारिसले केनेडीको समर्थकबाट पनि भोट प्राउन प्रयास गर्ने बताएकी थिइन् । शुक्रबार नै सिकागोमा भएको चुनावी सम्बोधनमा ह्यारिसले राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्दै ट्रम्पलाई मतदान नगर्न अपील गरेकी थिइन् । तर, केनेडीले ट्रम्पलाई समर्थन गर्न आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

केनेडीको समर्थनले ट्रम्पमा केही आशा थपिएको छ । तथापि, अमेरिकी राष्ट्रपतिमा लगातार दुईपटक बाजी मारेका ओबामा र वर्तमान राष्ट्रपति बाइडेन ह्यारिसलाई जिताउन खटिइरहँदा यसपटक अमेरिकाले महिला राष्ट्रपति पाउला कि ! भन्ने अनुमान गर्न सकिन्छ ।

ह्यारिसले विजयको झण्डा फहराइन भने उनी अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने छिन् । साथै विश्व शक्ति राष्ट्र अमेरिकाको नेतृत्व पहिलो पटक महिलाले गर्ने छिन् । तथापि, ह्यारिस र डोनाल्ड ट्रम्पबीचको प्रतिस्पर्धा कठिन हुने अनुमान गरिँदैछ ।

अराजक स्वभाव भएको भन्ने आक्षेप लाग्नेगरेका ट्रम्पलाई कतिपय कुरामा आफ्नो बोली नै गलपासो लाग्ने गरेको छ । यसअघि क्लिन्टनसँग चुनावी प्रतिस्पर्धा गर्नुअगाडि ट्रम्पले पराजित भएमा चुनावको नतिजा स्वीकार नगर्ने बताएका थिए । त्यो बेला हिलारीले ट्रम्पको अभिव्यक्तिलाई अमेरिकन प्रजातन्त्रमाथिको आक्रमणका रूपमा व्याख्या गरेकी थिइन् ।

तर, बाइडेनसँगको पराजयपछि भने उनले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गरेनन् । उनले बाइडेनलाई राष्ट्रपतिका रुपमा स्वीकार्न समेत निक्कै समय लगाएका थिए । बरु, निर्वाचनको परिणामविरुद्ध भने लडाइँ लडिरहे । निर्वाचनमा धाँधली भएको भन्दै रुष्ट व्यवहार देखाएका ट्रम्पको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीकै नेताहरू पनि खुशी थिएनन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top