Nepal Times
Nepal Times
3
Shares

स्वयम्भूबाट १० किलो गाँजासहित दुईजना पक्राउ

स्वयम्भूबाट १० किलो गाँजासहित दुईजना पक्राउ

३० भाद्र, काठमाडौं ।
प्रहरीले काठमाडौंको स्वयम्भूबाट १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापका २२ वर्षीय सुवर्ण पौडेल र धादिङ थाक्रे गाँउपालिका–५ घर भएका २७ वर्षीय सागर लामा छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भू र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई भगवानपाउ नजिकैबाट पक्रेको हो ।

लागु औषध मुद्दामा अदालतबाट ७ दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी निरन्जनदत्त भट्टले जानकारी दिए ।
भगवानपाउ तर्फ आउँदै गरेको बा.२ज ५७०९ नम्बरको ट्याक्सीमा गाँजा कारोबारी चढेको सुराकको आधारमा स्वयम्भू प्रहरी र सशस्त्र प्रहरीले संयुक्त अपरेशन चलाएका थिए ।

ट्याक्सीलाई नियन्त्रणमा लिएर सर्च गर्दा सुवर्ण र सागरको साथमा धुलो गाँजा फेला परेको थियो । गाँजा कारोबारमा संलग्नहरुले सो गाँजा मकवानपुरको पालुङबाट ल्याएको प्रहरीलाई बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.