×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

स्वास्थ्यकर्मीलाई चौतर्फी असुरक्षा : कतै भौतिक आक्रमण, कतै ज्यालामा विभेद

१ भाद्र २०८१

१ भदौ, विराटनगर । 

भौतिक असुरक्षा होस् वा आर्थिक असुरक्षा । पछिल्लो केही समययता स्वास्थ्यकर्मीहरूले निकै नै असुरक्षित महसुस गर्नुपरेको छ । यसको एउटा उदाहरण भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजमा कार्यरत ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकमाथि भएको आक्रमणलाई लिन सकिन्छ ।

गत साता शुक्रबार उनीमाथि भएको दानवीय आक्रमणले संसारलाई स्तब्ध बनाएको छ । झन्डै ३६ घण्टा निरन्तर काम गरेर थकित बनेकी ती चिकित्सक एउटा सभाकक्षमा निदाएको बेला उनीमाथि अत्यन्तै निन्दनीय अपराध भएको थियो ।

उनको निर्मम हत्याले भारतका लगभग ३० प्रतिशत महिला डाक्टर र ८० प्रतिशत नर्सहरूको सुरक्षा एवम् कार्यस्थलमा हुने हिंसाको विषयलाई झल्काएको छ । उक्त घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै हाल भारतका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

ती महिला चिकित्सकमाथि भएको कुकृत्य घटनाले स्वास्थ्यकर्मी कति असुरक्षित छन् भन्ने प्रष्ट पार्छ । भारतमा जस्तै नेपालका अस्पतालहरूमा पनि स्वास्थ्यकर्मीको भौतिक आक्रमणका घटनाहरू हामीले सुन्दै–हेर्दै आएका छौं ।

उपचाररत बिरामीलाई बचाउन नसक्दा अनि उपचार प्रक्रियामा कमी–कमजोरी हुँदा ‘लापरबाही’ भन्दै स्वास्थ्यकर्मीमाथि हदैसम्म आक्रमण हुने गरेको छ । यसका कैयौं घटना त हाम्रै पेरिफेरिमा पनि छन् । केही समयअघि नेपालगञ्जस्थित भेरी अस्पतालको आइसियू वार्डभित्रै पसेर चिकित्सक तथा नर्समागि भौतिक आक्रमण भयो ।

विराटनगरकै कोशी अस्पतालका अहेबलाई प्रहरीले चेकजाँचका क्रममा लाठी चार्ज ग¥यो । अझ, कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर मानव रक्षार्थ खटिएका उनीहरूमाथि नै भएको सामाजिक विभेदको त कुरै नगरौं ।

त्यसबाहेक पनि पारिश्रमिकमा विभेदजस्ता कारणले गर्दा स्वास्थ्यकर्मीको आर्थिक असुरक्षा निकै नै बढेर गएको छ । विशेषगरी यहाँ सबैभन्दा प्रताडित बन्छन्, नर्सहरू ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार जनरल बेडमा एक नर्सले ६ जना बिरामी हेर्न सक्छन्, आइसियुमा एक जना बिरामी बराबर एक जना नर्स चाहिन्छ । प्रसूति विभागमा एक बिरामीलाई सम्हाल्न दुई जना नर्सको आवश्यक पर्छ ।

नर्सको अभावका कारण अस्पतालहरूले एक जना नर्सले ३० जना बिरामीको हेरचाह गर्नुपर्ने बाध्यता छ । अभाव र दबाब सहेर नर्सहरू काममा खटिन्छन् । बिरामीको उपचारमा प्रत्यक्ष सरोकार राख्ने भनेकै नर्स हुन् । डाक्टरको तुलनामा उनीहरूले खटिएर बिरामीको उपचार गर्नुपर्छ । तर, पारिश्रमिकमा भने उनीहरूले नै चर्को विभेद सहनुपर्छ ।

आफूभन्दा कम खटिने डाक्टरहरूले लाखौंमा तलब थाप्दा नर्सले जीविको धान्न नपुग्ने पारिश्रमिक पाउँछन् । यसैले पनि नर्सहरू नर्सिङ पढेर विदेश जानुपर्ने बाध्यात्मक परिस्थिति बनेको छ ।

बर्सेनि विभिन्न तहका नर्सिङ जनशक्ति सात हजारको हाराहारीमा उत्पादन हुन्छन् । तर, अन्य स्वास्थ्यकर्मीको तुलनामा नर्सलाई दिने भत्तामा राज्यबाट विभेद भएको भन्दै उनीहरू विदेश पलायन हुने गरेका छन् ।

नेपाल नर्सिङ काउन्सिलको तथ्यांकअनुसार देशमा हालसम्म एक लाख २३ हजार भन्दाबढी नर्स दर्ता भएका छन् । तर उच्च शिक्षाका लागि भन्दै अमेरिका, अस्ट्रेलिया र युरोप पलायन हुने परिपाटीका कारण अबका केही वर्षमा त्यो संख्यामा पनि कमी आउने आँकलन गर्न सकिन्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top