×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्वास्थ्य मन्त्रालय– ‘मास्क नलगाउने व्यक्तिका समाचार नदिनुहोस्’

१२ बैशाख २०७८

१२ बैशाख , काठमाडौं  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुरक्षा सावधानीका उपाय पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ ।

आइतवार मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै मास्कको प्रयोग गर्न र स्वास्थ्य सावधानीका उपाय अपनाउनेतर्फ संवेदनशील हुन आग्रह गरेको हो ।

मन्त्रालयले कोभिड–१९ महामारीसँग जुध्नका लागि सञ्चारकर्मी तथा सञ्चारमाध्यमले सक्रियता र समन्वयमा सन्देशहरु प्रवाह गरी सङ्क्रमण रोकथामका भूमिका निर्वाह गरेको भन्दै धन्यवाद पनि दिएको छ ।

साथै अबका दिनमा सञ्चारमाध्यम झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नुपर्ने अवस्था आएको मन्त्रालयले बताएको छ ।

समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमका समाचार बनाउँदा मास्कको अनिवार्य प्रयोग गर्न पनि स्वास्थय मन्त्रालयले आग्रह गरेको छ ।

साथै मन्त्रालयले मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरिदिन पनि आग्रह गरेको छ

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top