Nepal Times
Nepal Times
3
Shares

स्विजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार छोप्ने पहिरनमा प्रतिबन्ध

स्विजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार छोप्ने पहिरनमा प्रतिबन्ध

२४ फागुन, काठमाडौँ । स्विजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार छोप्ने विषयमा जनमत सङ्ग्रह भएको छ ।

मुस्लिम महिलाहरूले लगाउने अनुहार छोप्ने बुर्का जस्ता पोसाकहरुको पहिरनमा प्रतिबन्ध लगाउने पक्षमा समर्थन गरिएको छ ।

प्रतिबन्धको पक्ष र विपक्षमा २ प्रतिशतमात्रै मतान्तर रहेको छ । समर्थनमा ५२ र विपक्षमा ४८ प्रतिशत मत खसेको बीबीसीले जनाएको छ ।

दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएको थियो । तर स्वीस इस्लामिक समूहले मुस्लिम समुदायका लागि कालो दिन भनेको छ ।

सार्वजनिक ठाउँमा अनुहार छोप्ने पहिरनको विषय अरु युरोपेली देशहरूमा पनि विवादित छ । फ्रान्सले सन् २०११ मा अनुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि नेदरल्याण्डस्, डेनमार्क, अस्ट्रिया पनि त्यस्ता पहिरनमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.