×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हङकङका प्रजातन्त्रवादी सांसदले दिए सामूहिक राजीनामा

२७ कार्तिक २०७७

२७ कार्तिक, एजेन्सी ।
चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाउन बाध्य गरेपछि हङकङमा प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार बेइजिङ्गले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था बेइजिङ्गले पारित गरेको थियो । त्यस लगत्तै हङकङका विपक्षी प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका हुन् ।

सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गरेपछि हङकङको संसद पहिलोपटक विपक्षी आवाज बिहीन भएको हो । चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ ।

चार सांसदलाई बर्खास्त गरिनु त्यसको पछिल्लो प्रयास रहेको विज्ञले बताएका छन् । हङकङ चीनकै भाग भए पनि त्यहाँ स्वतन्त्र स्थानीय सरकार रहेको छ ।

तर सांसदको राजीनामा पछि डेमोक्र्याटिक पार्टीका अध्यक्ष वु ची–वाईले भने, ‘हामी अब विश्वलाई भन्न सक्ने छैनौँ कि हामीसँग अझै पनि एक देश, दुई प्रणाली कायम छ । आधिकारिक रुपमै सो व्यवस्था मरेको छ ।’

बेलायतको उपनिवेश रहेको हङकङलाई सन् १९९७ मा सन् २०४७ मा एक देश दुई प्रणाली रहने गरि चीनलाई हस्तान्तरण गरिएको थियो । हङकङको संसदमा ७० मध्ये १९ सिटमा प्रजातन्त्रवादी सांसद थिए ।

उनीहरु मध्ये चारजनालाई चीनको नयाँ नियमसँगै बर्खास्त गरियो । बाँकीले सामूहिक राजीनामा दिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top