Nepal Times
Nepal Times
3
Shares

हङकङकी नेतृ क्यारी लामले किन मागिन् क्षमा

हङकङकी नेतृ क्यारी लामले किन मागिन् क्षमा

४ कात्तिक, हङकङ ।
मुस्लिम समुदायमाथि भएको अभद्र व्यवहारप्रति हङकङकी नेतृ क्यारी लामले क्षमा मागेकी छिन् ।

सोमबार हङकङ सहरमा रहेको मुख्य मुस्जिदमा प्रहरीले पानीको फोहोरा प्रहार गरेकोमा त्यसप्रति खेद स्वरुप उनले क्षमा याचना गरेकी हुन् ।

एसियन फाइनान्सियल हबमा प्रजातान्त्रिक समर्थकले प्रदर्शन गरेपछि आइतबार राति गरिएको प्रहरी कारबाहीका क्रममा पानीको फोहोरा प्रहार गरिएकोमा नेतृ लामले क्षमता याचना गरेकी हुन् ।

नेतृ लाम मंगलबार बिहानै कोलून जिल्लामा रहेको उक्त मस्जिदमा पुगेकी थिइन् । मुस्लिम समुदायप्रति भएको उक्त घटनामा दुख व्यक्त गर्न उनले टाउको सलले छोपेकी थिइन् ।

जापानी सम्राट नारुहितोको राज्याभिषेक समारोहमा भाग लिन उनी जापान प्रस्तान गरेकी छन् । विगत पाँच महिनादेखिको राजनीतिक अस्थिरताका कारण मुस्लिम समुदायले देखाएको धैर्यताप्रति हङकङ सरकारले धन्यवाद व्यक्त गरेको छ ।

आइतबार राति कोलूनमा प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो भने प्रदर्शनकारीहरुले पेट्रोल बम प्रहार गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन र प्रदर्शनकारीलाई पहिचान गर्न प्रहरीले निलो रंग मिसाइएको पानीको फोहोरा प्रहार गरेको थियो ।(रोयटर्स)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.