×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हङकङले लगायो नेपालबाट हुने हवाई उडानमा रोक

१९ बैशाख २०७८

१९ वैशाख, काठमाडौँ । हङकङले नेपालबाट हुने हवाई उडानमा रोक लगाएको छ । १ मे (शनिबार)बाट लागु हुने गरी हङकङले काठमाडौं विमानस्थलबाट हुने उडानमा रोक लगाएको सिन्ह्वा नेट डटकमले लेखेको छ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार हङकङको तर्फबाट रोक लगाएको खबर आएसँगै सो गन्तब्यमा निर्धारित भएका उडानसमेत रद्द हुनेछन् । औपचारिक चिठीपत्र त आएको छैन,’ उनले भनिन्, जब उडान नै हुन नपाउने निर्णय सार्वजनिक भएपछि हामीले त्यही अनुसार गर्ने हो,’ उनले भनिन् ।

हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट आउने जहाजहरुको उडान समेत रोकिसकेको छ । दक्षिण एसियामा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टका कारण धेरै मुलुकहरुले यस भेगबाट हुने यात्रामा क्रमशः कडाई गर्दै लगेका छन् ।

हङकङको पछिल्लो नियम अनुसार कुनै एक गन्तब्यबाट आएका कम्तीमा ५ र सो भन्दा बढी मानिसमा कोरोना देखिएमा दुई साताका लागि उडान रोक्ने गरिएको छ । अघिल्लो लहरका बेला हङकङमा नेपाल एयरलाइन्सको उडान सोहीकारण पटक पटक रोकिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top