×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

हनुमानढोकामा सवारी निषेध गर्नुको कारण बालेनले बताए

१९ असार २०८०

१९ असार, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले हनुमानढोका दरबार क्षेत्रको मौलिकता र सौन्दर्यको जगेर्ना गर्न सवारी आवतजावत रोकिएको बताएका छन्। महानगरले केही दिन पहिले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा सवारी छिर्न नदिने बताएका थियो। मेयर बालेनले परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउन यसो गरिएको बताएका छन्।

‘काठमाडौं मुख्यरूपमा प्राचीन र ऐतिहासिक कालिगढीको उदाहरण हो। काठमाडौंको पहिचान भनेकै यहाँका सम्पदाहरू हुन्। विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसाकिकता अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्। यही हेर्न, अनुभव गर्न र रमाउन लाखौं पर्यटकहरू आउन सक्छन् ।

वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौं पर्यटकहरू आउने र लाखौं आउन सक्ने सम्भावना छ। यिनीहरूको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ। यसैले हनुमानढोका परिसरभित्र सवारी साधनहरूलाई निषेध गरिएको छ,’ उनले भनेका छन्।

पछिल्लो समय काठमाडौं महानगर महानगर क्षेत्रलाई स्वच्छ, सफा र सौन्दर्यकरण गर्दै हरियाली प्रवर्दधन गर्ने अभियानमा जुटेको छ ।काठमाडौंका विभिन्न स्थानका सडकहरू यतिबेला फूलका गमलाले सजिएका छन्। काठमाडौं महानगरपालिकाले शनिबारदेखि उपत्यकाका विभिन्न स्थानमा रंगीचंगी फूलका गमलाहरू राखेको हो।

महानगरपालिकाले सुरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न फूल र विरुवाहरू रोपेका गमलाहरू राखिएका छन् । यसका साथै सडक पेटीहरूमा पनि महानगरले वृक्षारोपण गरेको छ। महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ । जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोप्ने भएको छ ।

महानगरले पहिलो चरणमा सधैं हरियो भइरहने धुपी, समी र कपुरको बिरुवा रोपेको छ । महानगरले कोटेश्वरदेखि तीनकुने पेट्रोलपम्प, त्रिपुरेश्वरदेखि कालीमाटी, शंखधर पार्क र रत्नपार्क, खुलामञ्चलगायतका क्षेत्रका सडक किनार र खाली क्षेत्रमा वृक्षरोपण गरेको छ । यस्तै महानगरले ३५ वटै वडालाई वृक्षरोपण गर्नका लागि खुलाक्षेत्र, पार्क र बगैंचा पहिचान गर्न पत्राचार गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top