Nepal Times
Nepal Times
3
Shares

हराएका मोटरसाइकलदेखि ब्राउनसुगर कारोवारीसम्म मोरङ प्रहरीलाई अर्को सफलता

हराएका मोटरसाइकलदेखि ब्राउनसुगर कारोवारीसम्म मोरङ प्रहरीलाई अर्को सफलता

१३ फागुन, काठमाडौं । लागुपदार्थ दुब्र्यशनीकर्ता यसका कारोवारी तथा दिनदहाडै मोटरसाइकल र मोबाइल चोरी गर्नेहरुविरुद्ध विशेष निगरानी गरिरहेको मोरङ प्रहरीले सफलता हात पारेको छ । प्रहरीले मोरङको सुन्दरहरैचाबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन् ।

गएको ८ गते दिउँसो सुन्दरहरैँचा ५ हेदम्बा टोलस्थित स्थानीय बलबहादुर खरेलको घरमा डेरा गरी बस्ने नरबहादुर दर्जीको कोठा खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर ४ ग्राम ६ सय ६० मिलिग्रामसहित ३० बर्षीय नरबहादुर दर्जी, वर्ष २५ का आशिष ढकाल, केराबारी ६ डागी बस्ने वर्ष २० को आशिष मगर र वर्ष २३का रुपेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुमाथि म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

यसैगरी नियन्त्रित लागुऔषध सहित २ जनालाई बिराटनगर महानगरपालिका १५ बाट प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ११ का २० बर्षीय आयुष गुरुङ र १८ बर्षीय नवराज श्रेष्ठलाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले एभिल २१ एम्पुल, लुपिजेसिक २३ एम्पुल डाईजोल्याव २५ एम्पुल र फेनारागन २ एम्पुल बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका यी दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै मोरङका विभिन्न स्थानबाट मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि खोजी अभियान जारी राखेको मोरङ प्रहरीले ३ वटा हराएका मोटरसाइकल र एउटा बेवारिसे अवस्थामा रहेको मोटरसाइकल विभिन्न स्थानबाट बरामद गरेको छ । कार्तिक २६ गते मध्यरातको समयमा बेलबारी १ स्थित दिनेश खङको घरबाट हराएको को ३५ प ११९२ नं. को मोटरसाइकल फागुन ८ गते बेलबारी ३ बाट मोटरसाइकलसहित सुरज विकलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै माघ २६ गते रातको समयमा सुन्दरहरैंचा ४ खरीगुवास्थित बाबुराम कार्कीको घरबाट चोरी भएको को १३ प १४१२ नं. को मोटरसाइकल माघ २७ गते बरामद गरेको छ । चोरीमा संलग्न रहेको आशंकामा सुन्दरहरैंचा चार बस्ने अमिर मोदी र उत्तम चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजहरुले सुनसरी गढी २ स्थित सत्यनारायण चौधरीको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले ती मोटरसाइकल बरामद गरेको हो । संलग्नहरुलाई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई ।

 

त्यस्तै प्रहरीले मंसिर २९ गते मोरङको लेटाङस्थित प्रबर्धन राईको चोरी भएको को ३३ प ७५२५ नं.को मोटरसाईकल सुरज विकले चोरी गरी इलाम पुर्याई बेचेको अवस्थामा फागुन ८ गते इलामबाट बरामद गरेको छ । चोरी गर्ने विकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । त्यस्तै फागुन ७ गते बेलबारी ३ स्थित बेवारिसे अवस्थामा ईन्जिन नं. JZYRJJ50547 चेसिस नं. MD2B44BY5JPJ03991 भएको १२५ सिसिको मोटरसाईकल बरामद गरेको छ ।

यसैबीच, मोरङ प्रहरीले विभिन्न मितिमा हराएको र खोजतलासीका लागि निवेदन परेका मोवाइलहरु आधुनिक प्रविधिको प्रयोगबाट खोजतलास तथा अनुसन्धान गर्ने क्रममा विरगंज, रौतहट, सिन्धुली, धनकुटा, उदयपुर, झापा काँकडभिटट, सिरहा, सप्तरी, मोरङ, सुनसरी समेतको इलाकाहरुमा फेला पारेको छ । उक्त बरामद गरिएको मोवाईल फोनहरु जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले सम्बन्धित धनीलाई बुझाएका छन् ।

हराएका मोटरसकाइकल र मोबाइलहरु सम्बन्धित धनीलाई बुझाउदै मोरङ प्रहरी प्रमुख एसपी अधिकारीले शान्ति सुरक्षा प्रत्याभूतिका लागि प्रहरी चौबीसै घण्टा जनताको साथमा रहेको बताए । उनले जिल्लामा कुनैपनि अपराधिक घटना हुन नदिने योजनासहित प्हरीले सरक्षा रणनीति तय गरेको समेत बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.