×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

१९ मंसिर २०८२

१८ मंसिर , काठमाण्डौ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी फागुनको चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन् ।

जेनजी आन्दोलनपछि आफूलाई वैकल्पिक शक्तिको दाबी सहित २ दर्जन दलहरु खुलेपनि जेनजीहरुको माग सम्बोधन गर्नेगरी वैकल्पिक शक्तिहरुबीच आपसी कार्यगतएकता हुनु पर्ने आवाज उठिरहेका बेला हर्कले पनि एकल रुपमा चुनावमा होमिने उद्घोष गरेका छन् ।

सुनसरीको बराहक्षेत्र स्थित चक्रघट्टीमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताए । “हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ,” अध्यक्ष साम्पाङले भने, “नेपालको कुनै पनि राजनीतिक दल ‘चोखो र जनउत्तरदायी’ छैनन ।”

जाति, धर्मवर्गका आधारमा फुटेको देशलाई जोड्न निस्केको श्रम संस्कृति पार्टीको मुलुकको सामाजिक एकता र श्रमको सम्मानमा आधारित राजनीतिक संस्कृति विकास गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे ।

अध्यक्ष साम्पाङले आफ्नो नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले हाल देशभर सङ्गठन विस्तारलाई आक्रामक रूपमा अघि बढाइरहेको जानकारी दिए । उनले भने, “जेनजी आन्दोलनपछि ठूला भनिने दलहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको बेला श्रम संस्कृति पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । जनताको विश्वास र समर्थन वृद्धिले आफ्नो दल राष्ट्रिय विकल्पका रूपमा स्थापित भएको छ ।”

दलले मान्यता पाएयता हर्क पुर्वका विभिन्न जिल्लामा संगठन विस्तार र सभामा सहभागी हुँदै आएका छन् । उनले इलाम, झापा,पाँचथर, ताप्लेजुङ, तेह्थुम, संखुवासभा, भोजपुर लगायतका जिम्लाका विभिन्न स्थानमा जनसभाको आयोजना गरिसकेका छन् ।

दुई दिन अघि मात्रै हर्क नेतृत्वको श्रम संस्कृति पार्टीले घोषणा पत्र सार्वजनिक गरेको छ । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति हुने। राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंग र जातिका हुनुपर्ने। विज्ञहरूको समावेशी मन्त्रीपरिषद् हुने।

सांसद मन्त्री बनेको खण्डमा सांसद पद निलम्बन गरिने। पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाइने । प्रतिनिधिसभामा जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गरिने। सीमा अतिक्रमणमा रोक लगाई नेपाली सेनालाई सीमामा खटाइने।

नेपाली नागरिकसँग विवाह गरेर आएका विदेशी नागरिकले पाँच वर्ष बसेपछि र विदेशको नागरिकता त्यागेपछि मात्र नेपाली नागरिकता पाउने। देशमा क्रियाशील सबै आइएनजिओ खारेज गरिने। हप्तामा ३ दिन मात्र पढाइने र बाँकी ४ दिन उत्पादन र साहित्यमा लगाइने।

१२ कक्षासम्म पढ्दा विद्यार्थीलाई खाना पकाउन र लुगा सिउन सिकाइने। १२ कक्षा पासपछि अनिवार्य सैनिक तालिम दिइने, त्यसपछि मात्र उच्च शिक्षा लिन पाउने व्यवस्था गरिने। शिक्षकहरूलाई राजनीतिमा संलग्न हुन रोक लगाइने। जेनजीको गुनासो सुन्न छुट्टै आयोग बनाइने।

वैज्ञानिक कर लागु गरिने (धनीबाट बढी लिएर गरिबलाई छुट दिइने)। सबै नागरिकलाई श्रमदानमा जोडिने। ’एक गाउँ एक उद्योग’ स्थापना गरिने। सरकारी चालु खर्च कटौती गरिने र आर्थिक रूपमा मितव्ययी हुने। श्रम गर्नेलाई निःशुल्क स्वास्थ्य सेवा दिइने।

गरिब जनताको पहिचान गरी गास, बास र कपासको व्यवस्था गरिने। ’एक घर एक स्वरोजगार’ नीति लागु गरिने। अन्तर्राष्ट्रिय लगानी (निसर्त) मात्र लिइने उल्लेख गरिएको छ । यस्तै राज्यको कुनै धर्म हुने छैन र कसैलाई काख कसैलाई पाखा गरिने छैन।

कसैको करकापमा धर्म परिवर्तन गर्ने नदिइने। सरकारी कर्मचारीलाई गल्ती गरेमा सरुवा मात्रै होइन जागिरबाटै हटाइने। पत्रकार, सरकारी कर्मचारी, र न्यायलयलाई गैरराजनीतिक बनाइने लगायतका लक्ष्य राखिएको छ ।

बुधबार मात्रै उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालको घोषणा भएको छ ।  सो दलले पनि वैकल्पिक शक्तिहरु बीच एकता र सहकार्यको आह्वान गरेको छ भने सोही कार्यक्रममा पुगेकी रास्वपाकी पूर्व नेतृ सुमना श्रेष्ठले पनि वैकल्पिक शक्तिहरु बीच एकताको आह्वान गरेकी छिन् ।

तर हर्कले जेन जी आन्दोलनको जगमा बनेको सरकारका मन्त्री कुलमान घिसिङविरुद्ध निरन्तर कडा अभिव्यक्ति दिइरहेका छन् । उनको पछिल्ला राजनीतिक सभाहरुमा एमसिसिको मुख्य पात्रकोरुपमा घिसिङ भएको भन्दै निशाना साधिरहेका छन् ।

केही साता अघि इटहरीको तरहरामा पार्टी विस्तारको सभा, दमक र आज चक्रघट्टीमा आयोजित सभामा पनि साम्पाङले घिसिङविरुद्ध अभिव्यक्ति दिए । एमसिसि परियोजना राष्ट्रघाती भएको र उक्त सम्झौता गराउन घिसिङले भुमिका खेलेको भन्दै साम्पाङले देशद्रोहीको संज्ञासमेत दिएका छन् ।

केही दिन अघि धरान आएको बेला मन्त्री घिसिङले नयाँ वैकल्पिक शक्तिहरु एकजुट हुन आह्वान गरेका थिए । उनले नाम नलिएपनि हर्क साम्पाङप्रति लक्षित गर्दै देशले परिवर्तन खोजेको बेला नयाँ वैकल्पिक शक्तिहरु एकजुट हुनुपर्नेमा जोडदिएका थिए ।

‘म सबैलाई आह्वान गर्छु, अब एक भएर देशलाई समृद्धितिर अगाडि बढाउन नयाँ भन्ने र वैकल्पिक शक्तिहरु एकअर्कालाई गाली गर्ने होइन, एकजुट भएर अघि बढ्नुपर्छ,’ उनले साम्पाङतर्फ संकेत गर्दै भनेका थिए,‘धरानमा सामाजिक सञ्जालमा विभिन्न किसिमका कुराहरु देखिरहेको छ, त्यसरी एकआपसमा हिलोछ्याप्ने काम नगरौं, एकतावद्ध भएर अघि बढौं ।’

घिसिङले धरान आएर सार्वजनिकरुपमा नै सहकार्यको सन्देश दिएपनि साम्पाङसँग भेट हुन भने सकेन । कुनै समय सरकारले विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक पदबाट हटाउदा पुर्नवहालीको माग गर्दै धरानमा साम्पाङले आन्दोलनसमेत गरेका थिए । साम्पाङ घिसिङका शुभेच्छुक नै थिए ।

जेनजी आन्दोलनपछि बनेको सरकारमा घिसिङ तीन वटा मन्त्रालय सम्हाल्ने गरि मन्त्री बनेपछि दुवैको सम्बन्धमा दरार आएको हो । सरकार गठनको कसरत हुँदा साम्पाङ प्रधानमन्त्री र पछि गृहमन्त्री हुने चाहना बोकेर काठमाण्डौं गएका थिए ।

त्यसक्रममा घिसिङको घरमा दुवैको भेट समेत भएको थियो । त्यतिबेला घिसिङ मन्त्री बनिसकेका थिएनन् । जेनजीहरुले पुर्वप्रधानन्यायाधिश शुशिला कार्कीलाई प्रधानमन्त्री बनाएपछि साम्पाङ गृहमन्त्री बन्ने प्रयास गरेका थिए, तर सफल भएनन् । रित्तै धरान फर्किएका साम्पाङलाई घिसिङ मन्त्री बनेको खबर प्रिय थिएन ।

यो खबर आएदेखि नै साम्पाङले घिसिङबारे सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी र आलोचन गर्न शुरुवात गरेका थिए । साम्पाङले आफ्नै अध्यक्षतामा श्रम सँस्कृति पार्टी दर्ता गरेर चुनावबाट बहुमत ल्याएर प्रधानमन्त्री बन्ने लक्ष्य लिएर लिएका छन् ।

आफ्नो प्रधानमन्त्री बन्ने यात्रामा तगारो हुनसक्ने देखेर साम्पाङले घिसिङलाई निरन्तर निशाना बनाइरहेको अनुमान पनि गरिएको छ । यसैबीच सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अघि बढाएको ‘सुम्निमा पारुहाङ प्रतिष्ठान’ परियोजनामाथि अख्तियारले अनुसन्धान थालेको छ ।

उपमहानगर प्रमुख साम्पाङ अध्यक्ष रहेको प्रतिष्ठानले गरेको काममा अनियमितता भएको उजुरी दर्ता भएपछि अख्तियारको इटहरीस्थित कार्यालयले धरान उपमहानगरपालिकासँग प्रतिष्ठानसँग सम्बन्धित सबै वित्तीय तथा संस्थागत कागजात माग गरेको हो ।

अख्तियारले मंसिर १४ गते पत्र पठाउँदै प्रतिष्ठानमा रकम अपचलन भएको आशंका रहेको उजुरीमा छानबिन अघि बढाइने उल्लेख गरेको छ। आयोगले पहिलो चरणमै दर्ता, विधान, पदाधिकारी, आर्थिक अभिलेख, आय–व्यय विवरण, बैंक खाताको स्टेटमेन्टदेखि जग्गा खरिद–बिक्रीसम्मका सबै कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेको छ ।

अख्तियारको पत्र आएको कुरा नगर प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट पुष्टि गरेका छन् । ‘सुम्निमा पारुहाङ प्रतिमा किन बनाएको भनेर अख्तियारले सोधेछ ? राज्यले नबनाइदिएकाले आफैं बनाउनु परेन ?’ उनले फेसबुकमा लेखेका छन् ।

अख्तियारमा परेको उजुरीमा नगरप्रमुख र केही कर्मचारबीच मिलेमतो गरी ‘सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाल’ दर्ता गरिएको, स्थानीय तहको प्रमुख पदमा रहेका व्यक्तिले आफ्नै अध्यक्षतामा संस्था दर्ता गरेर ‘हित–संघर्ष’ पैदा गरेको र प्रतिष्ठानमार्फत पर्ति ऐलानी श्रेणीका विवादित जग्गा खरिद गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको उल्लेख छ।

त्यसैगरी प्रतिष्ठानमा आएको रकमको श्रोत, खर्च प्रक्रिया र रकमको अन्तिम प्रयोग अस्पष्ट भएको आरोप पनि उजुरीमा समेटिएको छ। मंसिर ९ गते मेयर साम्पाङले साल्पा सिलिचुङबाट ढुङ्गा, माटो र पानी ल्याएर चिण्डे डाँडामा सुम्निमा पारुहाङ प्रतिमाको शिलान्यास गरेका थिए ।

प्रतिमा निर्माणका लागि प्रयोग हुने जग्गा भने विगतदेखि नै विवादित मानिँदै आएको छ । उजुरी दर्ता भएपछि अब यस विषयमा अख्तियारले औपचारिक छानबिन अघि बढाउने भएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top