×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

११ माघ, विराटनगर ।
प्रहरी जवानबाट हवल्दारमा बढुवा भएका मोरङमा कार्यरत २१ प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । माघ ७ गतेको प्रहरी उपरीक्षकको निर्णयअनुसार विभिन्न ठाउँमा दरबन्दी भएर मोरङ जिल्लामा कार्यरत उनीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

प्रहरी संठनमा हवल्दार पदमा बढुवा भएका प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले दज्र्यानी चिन्ह प्रदान गरे ।

हवल्दारमा बढुवा हुनेमा विनोद कार्की, तुलसी लामा, डेगराज कोइराला, विक्रमकुमार श्रेष्ठ, उमेश खतिवडा, शिवबहादुर कटुवाल, धिरेन्द्र गुरुङ, रामचन्द्र दाहाल, यमकुमारी प्रधान, बलनारायण उराव, गणेशप्रसाद घताने, जिवछ यादव रहेका छन् । त्यस्तै श्यामानन्द चौधरी, रमेशकुमार मण्डल, कृष्ण भुजेल, रिशिराम आचार्य, सुरेशनारायण मण्डल, खेलानन्द यादव, मो.किस्मत, राजकुमार ढकाल, नारायण चौधरी पनि हवल्दारमा बढुवा भएका छन् ।

कार्यक्रममा मंसिर महिनामा मोरङ जिल्लाको उत्कृष्ट बन्न सफल जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार सन्तोष राई र पुस महिनाको उत्कृष्ट प्रहरी बन्न सफल ईलाका प्रहरी बेलबारीमा कार्यरत प्रहरी निरिक्षक गुणराज बुढाथोकीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक विश्व अधिकारीले उनीहरुलाई सम्मान पत्र प्रदान गरे । कार्यक्रममा जिल्लामा कार्यरत विभिन्न दर्जाका प्रहरीको उपस्थिती रहेको थियो ।

सो अवसरमा प्रहरी उपरीक्षक विश्व अधिकारीले बढुवा हुने र सम्मानित हुने सबैलाई शुभकामना दिँदै सबैलाई लगनका साथ काम गर्न निर्देशन दिए । कार्यक्रममा अधिकारीले हालसम्मको अपराध अनुसन्धानमा मोरङ जिल्लामा गत वर्षहरुको भन्दा उल्लेख्य प्रगति भएको भन्दै त्यसको जससम्पुर्ण लगनशील प्रहरीलाई जाने बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top