×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

 ७ पुष , काठमाण्डौ ।

एक चर्चित विद्यार्थी नेताको हत्या भएपछि अशान्त बनेको बंगलादेशमा फेरि अर्का एक विद्यार्थी नेतामाथि गोली हानिएको छ । शेख हसिनाविरोधी नेसनल सिटिजन्स पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब शिकदरमाथि सोमबार दिउँसो गोली प्रहार भएको हो ।

दिउँसो १२ बजे खुलनामा रहेको उनको घरभित्र पसेर गोली प्रहार गरिएको त्यहाँको प्रहरीले जनाएको छ । बंगलादेशी सञ्चारमाध्यमका रिपोर्टअनुसार हमलाकारीले मोतालेबको टाउकोलाई निशाना बनाएर गोली चलाएका थिए ।

गम्भीर घाइते भई भुइँमा ढलेका मोतालेबलाई वरिपरिका मानिसहरूले तुरुन्तै उठाएर खुलना मेडिकल कलेज अस्पताल पु¥याएका थिए, जहाँ उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार सुरुमा उनको अवस्था निकै नाजुक थियो ।

डाक्टरहरूले गोली कानको छेउबाट पार भएको बताएका छन् । प्रहरी अधिकारी अनिमेष मण्डलले गोली दिमागसम्म नपुगेकाले उनको ज्यान जोगिएको बताएका छन्। घाइते नेता एनसीपी पार्टीका डिभिजन प्रमुख हुन् ।

मोतालेब शिकदर एनसीपीको खुलना डिभिजनका प्रमुख हुन् र पार्टीसँग सम्बन्धित मजदुर संगठन एनसीपी श्रमिक शक्तिका आयोजक पनि हुन् । उनीमाथि भएको यो आक्रमणले इलाकामा त्रास फैलाएको छ ।

एनसीपीले खुलनामा मजदुर ¥याली आयोजना गर्ने तयारी गरिरहेको थियो र शिकदर त्यसैमा काम गरिरहेका थिए । आक्रमणकारीहरूलाई पक्रन प्रहरीले विभिन्न क्षेत्रमा अपरेशन सुरु गरेको छ र आक्रमणको पछाडिको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

एनसीपी गत वर्ष बंगलादेशमा ठुलो आन्दोलन खडा गर्ने विद्यार्थीहरूबाट बनेको पार्टी हो, जसपछि शेख हसिनाले देश छाडेर भाग्नु परेको थियो । यो आक्रमण यस्तो समयमा भएको छ, जब सम्पूर्ण बंगलादेशमा तनावको माहोल छ ।

केही दिनअघि ढाकामा विद्यार्थी नेता शरीफ उस्मान हादीको गोली हानेर हत्या गरिएको थियो । १० दिनअघि शरीफ उस्मान हादीको हत्यापछि अज्ञात आक्रमणकारीले नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी)का नेता मोतलेब सिकदरमाथि गोली प्रहार भएको हो ।

एनसीपी पार्टीमा हसिनाविरुद्ध आन्दोलन गर्नेहरू नै समावेश छन् । ठूलो संख्यामा ढाका विश्वविद्यालयका विद्यार्थी यो पार्टीसँग जोडिएका छन् । बंगलादेशमा यो पार्टी पहिलोपटक चुनाव लडिरहेको छ ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका कट्टर विरोधी उस्मान हादीमाथि १२ डिसेम्बरमा विजयनगर क्षेत्रमा गोली प्रहार भयो । चुनावी अभियानका क्रममा इन्कलाब मञ्चका प्रवक्तासमेत रहेका ३२ वर्षीय हादीमाथि नकाब लगाएका बन्दुकधारीहरूले टाउकोमा गोली हानेका थिए ।

गम्भीर घाइते हादीलाई उपचारका लागि सिंगापुर लगियो । उनको उपचारका क्रममा बिहीबार (१८ डिसेम्बर) मृत्यु भएको थियो । यो घटनापछि पूरै बंगलादेशमा नयाँ चरणको हिंसा जारी छ ।

तर, घटना भएको १० दिन बित्दा पनि हादी हत्याका दोषीहरूबारे बंगलादेश प्रहरीले कुनै प्रमाण समेत फेला पार्न नसकिरहेको अवस्थामा अर्का विद्यार्थी नेतामाथि गोली हानिएको छ ।

बंगलादेश प्रहरीले आइतबार आफूहरूसँग शरीफ उस्मान हादीको हत्याका मुख्य संदिग्धको ठाउँबारे कुनै ‘विशिष्ट जानकारी’ नभएको बताएको छ । पार्टीले आफ्ना नेताको हत्याका लागि जिम्मेवार व्यक्तिहरूको गिरफ्तारीमा ‘स्पष्ट प्रगति’ हुनुपर्ने बताएको थियो ।

गृह मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (आईजीपी) खान्देकर रफिकुल इस्लामले कानुन प्रवर्तन एजेन्सीहरूले गोलीबारीमा संलग्न बन्दुकधारीको रूपमा चिनिएका फैसल करिम मसूदको खोजी सक्रिय रूपमा गरिरहेका बताएका थिए ।

उनले संदिग्ध आक्रमणकारी देश छोडेर गएको भन्ने कुनै विश्वसनीय जानकारी नभएको बताए । आईजीपीले अपराधीहरूले प्रायः आफ्नो ठाउँबारे अफवाह फैलाउने बताए । इस्लामले अझसम्म कुनै पनि राजनीतिक दललाई हत्यासँग जोड्ने कुनै ठोस प्रमाण फेला नपरेको बताए ।

“यद्यपि, सटिक तथ्यांक जुटाउने प्रयास जारी छ,” उनले भनेका छन् । हादी १२ फेब्रुअरीमा हुने चुनावका लागि उम्मेदवार थिए । उनको हत्यापछि बंगलादेशभर आक्रमण र तोडफोडका घटनाहरू नयाँ सिराबाट सुरु भएको छ ।

शनिबार कडा सुरक्षाबीच हादीको शव ढाका विश्वविद्यालयको मस्जिद नजिकै अन्तिम संस्कार गरिएको छ । जहाँ हजारौं बंगलादेशीले श्रद्धान्जली दिएका थिए । हसिना अहिले भारतमै निर्वासित छिन् भने विद्यार्थी माथि गोली प्रहारको घटनामा बंगलादेशीले भारतलाई जोडेर आक्रोश पोखिरहेका छन् ।

जातिय हिंसा समेत बंगलादेशमा बढिरहेको अवस्थामा हसिनाले भने चुनाव लक्षित गर्दै प्रतिक्रिया दिएकी छन् । २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्वप्रधानमन्त्री हसिनाले कडा प्रतिक्रिया दिएकी छन् ।

उनले अवामी लिगबिनाको चुनावलाई वास्तविक निर्वाचन नभई ‘राज्याभिषेक’ को संज्ञा दिएकी छन् ।विद्यार्थी नेतृत्वको विद्रोहपछि करिब एक वर्षअघि सरकारबाट अपदस्थ भएकी हसिनाले भनिन्, “अवामी लिगबिनाको चुनाव चुनाव नै हुँदैन, त्यो राज्याभिषेक हो । अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले जनताको मतविना शासन गरिरहनुभएको छ र लोकप्रिय जनादेशबाट नौ पटक निर्वाचित पार्टीलाई प्रतिबन्ध लगाउने प्रयास भइरहेको छ ।”

उनले ऐतिहासिक उदाहरण उल्लेख गर्दै बङ्गलादेशी जनताले आफ्नो मनपर्ने दललाई मतदान गर्न नपाए मतदान नै नगर्ने प्रवृत्ति रहेको बताइन् । देशमा राजनीतिक तनाव चर्कँदै जाँदा फेब्रुअरी २०२६ को चुनावको तयारी भइरहेका बेला हिंसात्मक प्रदर्शन र अल्पसङ्ख्यक, विशेष गरी हिन्दू समुदायमाथि आक्रमणका खबरहरू बढिरहेका छन् ।

इन्किलाब मोन्चोका नेता उस्मान हादीको मृत्युपछि भएको हिंसाप्रति सङ्केत गर्दै हसिनाले सम्पूर्ण जिम्मेवारी अन्तरिम सरकारमाथि थोपरेकी छन् ।“उस्मान हादीको हत्या वर्तमान प्रशासनअन्तर्गत बढ्दो अराजकताको प्रतीक हो”, उनले भनिन्, “हिंसा सामान्य बनेको छ र सरकारले या त यसलाई अस्वीकार गर्छ वा नियन्त्रण गर्न असफल भएको छ । यसले देशलाई मात्र होइन, छिमेकीहरूसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय विश्वसनीयतालाई पनि कमजोर बनाएको छ ।”

हसिनाविरुद्ध भने मृत्युदण्डको सजाय सुनाइएको छ । तर भारतले उनलाई सुपुर्दगी गर्न अस्वीकार गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top