Nepal Times
Nepal Times
3
Shares

हाँस्य कलाकार हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण

हाँस्य कलाकार हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण

२० असोज, काठमाडौं ।

वरिष्ठ कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरसको संक्रमण भएको छ । आज उनले सामाजिक सञ्जाल मार्फत आफू र श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

आचार्य दम्पत्तिले सामान्य लक्षण देखिएकाले पिसीआर जाँच गराएका थिए । मंगलवार उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो । आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनले आफ्नो सम्र्पकमा आउने सबैलाई होम आइशोलेशनमा बसेर निर्धारित समयमा परिक्षण गर्न पनि आग्रह गरेका छन् ।

‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध छ’ हरिवंशले फेसबुकमा लेखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.