×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हात जोड्दै राष्ट्रपतिको आलोचना गर्नेलाई परराष्ट्रमन्त्रीले भने – कहिल्यै कोरोना नलागोस्

१८ जेष्ठ २०७८

१८ जेठ, काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपतिको खोप कूटनीतिलाई लिएर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

एमाले स्थायी कमिटी बैठकपछि बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले खोप उपलव्ध गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका राष्ट्र प्रमुखलाई गरेको पत्राचारबारे आलोचना गर्ने ठाउँ कतै नभेटाएर राष्ट्रपतिको आलोचना गरिएको बताए ।

‘साथीहरुलाई आलोचना गर्ने केही ठाउँ नै छैन कि जस्तो लाग्छ मलाई, केहीकेही नेताहरु हेर्दा मलाई बडो विरक्त पनि लाग्छ ।’

उनले भने, ‘राष्ट्रपति देशको रक्षक र संविधानको अभिभावक भएको हैसियतले उहाँले आवश्यक्ता अनुसार त्यो हैसियतलाई प्रयोग गर्नुहुन्छ । परराष्ट्र मन्त्रालयले निरन्तर काम गरिरहेको छ । कतिपय ठाउँमा प्रधानमन्त्रीले गरिरहनुभएको छ ।’

सर्वोच्च पदाधिकारी, संविधानको रक्षक र अभिभावकको हैसियतले राष्ट्रपतिले आफ्नो हैसियतलाई प्रयोग गरेको बताउँदै ज्ञवालीले न्यूनतम प्रोटोकल बुझ्न आग्रह गरेका छन् ।

खोप ल्याएर मानिसको जीवन रक्षा गर्नु अहिलेको पहिलो आवश्यक्ता रहेको उनको भनाई छ । ‘ती नेता, जसले अत्यन्त छुद्र ढंगले टिप्पणी गर्नु भएको छ, (हात जोडेर) मेरो प्रार्थना छ, उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् ।

उहाँहरुको नातापाता, सरसम्बन्ध कसैलाई पनि त्यस्तो नहोस् ।’ उनले राष्ट्रपतिमाथि अनावश्यक टिप्पणी गर्नेतर्फ लक्षित गर्दै भने ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top