×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

१९ असार, एजेन्सी ।

रोबोटले कारखाना चलाउनेदेखि रेष्टुरेन्ट सेवा, गाडी चलाउनेदेखि पार्किङ, हुँदै विरामीको अपरेशन, मनोरंजन लगायत यस्तो कमै क्षेत्र होला जहाँ रोबोटले मानिसलाई सहजसंगै विस्थापित पनि गर्दै आएको छ । यस्तोमा अब रोवोटले विद्यार्थीहरुलाई पढाउने पनि भएको छ, त्यो पनि औपचारिक तवरमा।

अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले आउँदो सेमेष्टरदेखि यन्त्र मानव अर्थात् रोबोटलाई एउटा कक्षा पढाउन दिने तयारी गरेको छ । कृत्रिम विद्वता (एआई — आर्टिफिसिएल इन्टेलिजेन्स)लाई आफ्नो पाठ्यक्रममा समाहित गराउने सो विश्व विद्यालयको निर्णयअनुसार कम्प्युटर कोडिङको एउटा कक्षा रोबोटले चलाउने भएको हो ।

सन् २०२२ को नोभेम्बर महिनाबाट सुरु भएको आफैँले सोचेर उत्तर दिनसक्ने च्याट जीपीटी कम्प्युटर प्रोग्रामजस्तै विद्यार्थीलाई कोडिङको ज्ञान सिकाउन उक्त विश्व विद्यालयले रोबटको प्रयोग गर्ने जनाएको छ । हार्वर्डको अत्यन्तै रुचाइएको कम्प्युटर प्रोग्रामिङको कक्षा सीएस ५० को कक्षामा रोबटको प्रयोग गर्ने सुरसार भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

उक्त विषयका प्राध्यापक डेभिड जे. मलनलाई उधृत गर्दै प्रकाशित समाचारका अनुसार यस्तो व्यवस्था गर्दा प्रत्येक विद्यार्थीका लागि एक शिक्षक प्राप्त भएसरह हुने र हरेक विद्यार्थीले आफ्नो क्षमता र रुचिअनुसार प्रगति गर्नसक्ने छन् । ए

आईको प्रयोगले अमेरिकाजस्तो विकशित देशमा कम्प्युटर विज्ञानमा धेरैको जागिर धरापमा पारेको छ भने पत्रकारिता तथा बौद्धिक सामग्री उत्पादन गर्ने पेशालाई पनि संकटमा पार्दै गएको छ ।

यस्तो एआईले पढाउने कक्षामा ओपन ए आई श्रोतमा उपलब्ध विकशित जीपीटी ३.५ वा ४ मोडल प्रयोगमा ल्याइने पनि मानव शिक्षकले जनाएका छन् । यो कार्यक्रम आउँदो सेप्टेम्बर महिनाको सेसन देखि कक्षा कोठामा प्रयोगमा ल्याइने पनि सो विश्व विद्यालयले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top