×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

हालाण्डको ह्याट्रिक, इटाली स्तब्ध

३ मंसिर २०८१

३ मंसिर, एजेन्सी ।

एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे ।

हालाण्डले २३ औं र ३७ औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए । ४१औं मिनेटमा सोर्लोथले अर्को गोल थपेपछि नर्वेले ३–० को अग्रता बनायो । ७१औं मिनेटमा हालाण्डले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे ।

योसँगै हालाण्ड ७ गोलका साथ जारी नेसन्स लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । ५ गोलका साथ पोर्चुगलका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । ७४औं मिनेटमा नुसाले गोल गर्दै नर्वेलाई सहज जित दिलाए ।

समूहको अर्को खेलमा अस्ट्रिया र स्लोभेनियाले १–१ को बराबरी खेलेका छन् । शीर्ष स्थानको नर्वेले ६ खेलबाट १३ अंक, दोस्रो स्थानको ११ अंक छ । समान खेलबाट स्लोभेनियाले ८ र कजाकिस्तान १ अंक जोडेको छ ।

इंग्ल्यान्डले भने लिग बी समूह २ मा इंग्ल्यान्डले आयरल्यान्ड गणतन्त्रलाई ५–० ले हरायो । दस खेलाडीमा सीमित आयरल्यान्डविरुद्धका इङ्ग्ल्यान्डले सबै दोस्रो हाफमा गरेको थियो । सोही समूहमा ग्रिसले फिनल्यान्डमाथि २– ० ले पराजित गर्यो ।

यता एड्रिएन राबिओटको दुई गोलको मद्दतमा फ्रान्सले इटालीलाई ३–१ गोलअन्तरले पराजित गर्दै युइएफए नेसन्स लिग ‘ए’ समूह–२ को शीर्ष स्थानमा उक्लिएको छ । सन् १९८३ पछि इटालीले घरेलु मैदानमा भएको खेलमा दुई वा दुईभन्दा बढी गोलले हारेको यो पहिलो पटक हो ।

मिलानमा भएको खेलअघि दुवै टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका थिए । तर, फ्रान्सलाई शीर्ष स्थानमा पुग्न कम्तीमा दुई गोलको जित आवश्यक थियो । राबिओटले भने, ’हामीले यस्तो खेल नखेलेको केही समय भइसक्यो ।

’हामीले देखाएको आक्रामकता, हाम्रो टिम स्पिरिट र त्यो सबै हाइलाइट हुनुपर्छ । यो नै फ्रान्सको टोलीको वास्तविक अनुहार हो । राबिओटले दुई मिनेटभित्रै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा लुकास डिग्नेले २५ यार्ड टाढाबाट फ्रिकिकमा आएको बललाई बचाउने प्रयास गर्दा आत्मघाती गोल हुन पुग्यो ।

जियानलुइगी डोनारुम्मा पेटको बिरामीका कारण यो खेलमा उपस्थित थिएनन् । त्यसको दुई मिनेटपछि माइक माइग्नानको पासमा आन्द्रेया क्याम्बियासोले गोल गर्दै इटालीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, राबिओटले ६५औं मिनेटमा अर्को हेडरमार्फत आफ्नो दोस्रो गोल गरे । योसँगै इटालीले सेट प्लेबाट लगातार छैटौं गोल बेहो¥यो ।

सोही समूहको अर्को खेलमा इजरायलसँग बेल्जियम १–० स्तब्ध भएको छ । यता ह्यारी केनको ६९औं अन्तर्राष्ट्रिय गोलको मद्दतमा इङ्ल्यान्डले युइएफए नेसन्स लिगको शीर्ष स्थानमा पुनरागमन गरेको छ । अस्थायी मुख्य प्रशिक्षक ली कार्स्लेको अन्तिम खेलमा आयरल्यान्डलाई ५–० ले पराजित गर्दै इङ्ल्यान्डले प्रतियोगिताको अर्को संस्करणमा पुनरागमन गर्ने सुनिश्चित गरेको छ।

‘इङ्ल्यान्डको टोली हेर्न रोमाञ्चक होस् भन्ने चाहन्थें। प्रशिक्षणमा दिनदिनै यो काम गरिरहेका थियौं। र अब हामीले यसलाई (मैदानमा) देखेका छौं,’ कास्र्लेले भने। इङ्ल्यान्डले दोस्रो स्थानको ग्रीसलाई २–० गोलअन्तरले पराजित गरेको थियो । तर, ग्रीसको पनि समान ६ खेलबाट १५ अंक छ ।

वेम्बलीमा ५३औं मिनेटमा केनले पेनाल्टीमार्फत इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । लाईम स्केल्सले डिबक्सभित्र उनलाई लडाएपछि दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसको दुई मिनेटपछि एन्थोनी गोर्डन र ५८ औं मिनेटमा कोनोर गालाघरले गोल गर्दै इङ्ल्यान्डलाई ३–० को अग्रता दिलाए ।

सब्स्टिच्युट खेलाडी जारोड बोवेनले ७५औं मिनेटमा पहिलो गोल गरे भने त्यसको चार मिनेटपछि टेलर हरवुड बेलिसले अर्को गोल थपे । ‘यो हाम्रो लागि निकै महत्त्वपूर्ण जित हो । पहिलो हाफ निकै कठिन थियो, तर दोस्रो हाफमा हामीले धेरै ऊर्जाका साथ खेल्यौं र हामीले यसलाई अन्त्य गर्यौं,’ केनले भने ।

जनवरीमा नयाँ मुख्य प्रशिक्षक थोमस टुचेललाई स्वागत गर्न लागेको इङ्ल्यान्डले ६ खेलबाट पाँच जित हात पारेको छ । कार्स्ले अब इङ्ल्यान्डको २१ वर्षमुनिको टोलीको मुख्य प्रशिक्षकको स्थायी भूमिकामा फर्किनेछन् । टुचेलले सन् २०२६ को विश्वकपमा छनोट हुने अभियानको नेतृत्व गर्नेछन् । कार्स्लेले आफ्नो छोटो अवधिमा आठ खेलाडीहरूलाई डेब्यु गराए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top