Nepal Times
Nepal Times
3
Shares

हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ : मनोज गजुरेल

हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ : मनोज गजुरेल

२२ कात्तिक, काठमाडौँ ।

हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको शशस्त्र प्रहरी अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले कोरोनाका कारण गम्भीर बिरामी परेका गजुरेलको अवस्थामा सुधार आइरहेको जानकारी दिएका हुन् ।

गजुरेलले अस्पतालबाटै आफ्नो स्वास्थ्य अवस्थामा सुधार आएको बताएका छन् । सामाजिक सञ्जाल फेसबकमार्फत उनले भनेका छन्- ‘आराम छु, आरामको कामना गर्दछु । हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’

अस्पतालमा रहेका गजुरेल आफै खाना खान्छन् भने चिकित्सकहरुसंग कुराकानी गरिरहेका छन् । कात्तिक १० मा कोरोना पुष्टि भएपछि गजुरेल घरमै आराम गरिरहेका थिए । तर कोरोनाले च्यापेर फोक्सोमा समस्या देखिएपछि उनी बिहीबार अस्पतालमा भर्ना भएका थिए ।  उनलाई आईसियू कक्षमा राखेर उपचार गरिँदैछ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.