×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हिमपातसँगै पश्चिमी भेगको जनजीवन प्रभावित

बैतडी,माघ १०
गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ ।

यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ । चिसोबाट बच्नका लागि व्यासको छाङरु र तिंकरका बासिन्दा दुई महिना अघि नै सदरमुकाम खलङ्गा झरिसकेका स्थानीयवासी दानसिंह तिंकरीले बताए ।

डडेल्धुरा सदमुकामलगायत भीमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टेलगायत स्थानमा हिमपात भएको स्थानीयवासी आषिश मल्लले जानकारी दिए । बझाङको जयपृथ्वी नगरपालिका पणेश क्षेत्र, धामीलेक, पीठालेक, दौलीचौर, सुर्मा, काँडालगायत क्षेत्रमा पनि हिमपात शुरु भएको छ ।

सो क्षेत्रमा मंगलबार रातिदेखि पानी पर्न थालेको हो । उच्च पहाडी भेगमा हिमपात जारी छ । यस्तै अछामको उच्च हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ ।

मुस्ताङमा हिमपात

हिमाली जिल्ला मुस्ताङमा आज बिहानैदेखि हिमपात भएको छ । हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जानकारी दिनुभयो । लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् ।

हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् । हिमपातसँगै हुरी बतास पनी चलेको सुवेदीले बताए ।

मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिउँ परेपछि स्याउ खेती फस्टाउने, जौ, गहुँ, उवा, फापर बालीमा सिँचाइ हुने भएकाले कृषक खुशी भएका हुन् । यस्तै, म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा र घोडेपानीमा समेत हिउँ परेको छ ।

बाजुरामा पनि हिमपात

मंगलबार दिउँसोदेखि मौसम परिवर्तनसँगै रातिदेखि जिल्लामा पानी परेको छ । गहुँ बाली, तरकारी सुकेर जाने अवस्था पुगेकाले पानी परेपछि किसान हर्षित भएका छन् । पानी परेसँगै जिल्लाको उत्तरी भेगमा हिउँ परेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले जानकारी दिए ।

बाजुराको बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकामा र त्रिवेणी नगरपालिकाको उच्च भेगमा हिमपात भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक मीनप्रसाद जैशीले पानी परेपछि केही मात्रामा गहुँ उत्पादन बढ्ने आशा व्यक्तगर्नुभयो । “लामो समयको खडेरीका कारण गहुँ बाली सुकेर गएकाले खेतमा छरेको बीउको शेषसमेत जोगाउन किसानलाई मुस्किल भएको थियो,” उहाँले भन्नुभयो ।

हिमाली गाउँपालिकाको १, २ र ३ वडा बिच्छ्यामा सबैभन्दा बढी हिमपात भएको छ । त्यहाँका स्थानीयवासीलाई घरभन्दा बाहिर आवजजावत गर्न समस्या भएको स्थानीय धर्मराज सुनारले बताए । यसैगरी गौमुल गाउँपालिकाको दहकोट, मानाकोटलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातपछि सो क्षेत्रका विद्यालय बन्द भएका छन् ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top