Nepal Times
Nepal Times
3
Shares

हिमालयन क्रिकेट लिगको सम्पूर्ण तयारी पूरा

हिमालयन क्रिकेट लिगको सम्पूर्ण तयारी पूरा

४ फागुन, काठमाडौँ ।
यु–१९ दुई दिवसीय क्रिकेट प्रतियोगिताको आयोजकले हिमालयन क्रिकेट लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार पत्रकार सम्मेलन गरेर आयोजकले तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) र हिमालय क्रिकेट एकेडेमी (एचसिए) भिड्ने भएका छन् । प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा आयोजना हुँदै छ । दुई हप्तासम्म चल्ने प्रतियोगितामा काठमाडौंका ६ क्रिकेट एकेडेमीहरुले सहभागिता जनाउँदै छन् ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा काठमाडौं क्रिकेट ट्रेनिङ्ग सेन्टर (केसिटीसी), वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडमी, हिमालय क्रिकेट एकेडमी, ओसिस क्रिकेट एकेडेमी, बालुवादार क्रिकेट क्लब र नेक्सस क्रिकेट एकेडमीले सहभागिता जनाउँदै छन् ।आयोजकले सहभागि टोलीलाई दुई समुहमा बिभाजन गरेको छ ।

राउण्ड रोबिन लिगपछि प्रत्येक समुहका शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल फागुन १८ र १९ गते हुनेछ । प्रतियोगिताको उपाधि बिजेताले नगद रु १ लाख ५० हजार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ७५ हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई पनि परस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

दुई दिवसीय क्रिकेट अन्तर्गत दुवै टोलीलाई पहिलो इनिङसमा ६० ओभरसम्म खेल्न पाउनेछन । दोस्रो इनिङ्समा बन्देज लगाइने छैन । प्रत्येक जितका लागि १० अंक दिइनेछ भने बराबरी भएको स्थितिमा दुवै टोलीले पाँच अंक पाउनेछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.