Nepal Times
Nepal Times
3
Shares

हिमाल आरोहणका लागि बुधवार ४० जनाले अनुमति लिए

हिमाल आरोहणका लागि बुधवार ४० जनाले अनुमति लिए

२५ चैत, काठमाडौं । वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि २५ जना र धौलागिरिका लागि १५ जनाले बुधबार अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन । यो सँगै यस वर्षको वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या ३ सय ४३ पुगेको छ । अनुमति लिएकामध्ये ४० समूहका २ सय ६९ जना पुरुष र ७४ जना महिला छन् । सगरमाथा आरोहणका लागि २० समूहका १ सय ९२ जना, मनास्लुका लागि १ जना, अन्नपूर्णका लागि ४ समूहका ४४ जना, धौलागिरिका लागि ४ समूहका ३० जना, ल्होत्सेका लागि ५ समूहका ३९ जना रहेका छन् । त्यस्तै मकालुका लागि १ समूहका ८ जना, नुप्त्सेका लागि ३ समूहका २३ जना, पुमरीका लागि १ समूहका ५ जना, टुकुचेका लागि १ जनाले अनुमति लिएका छन् ।

आउँदो सिजनमा हुने आरोहणका लागि अनुमति लिनेबाट सरकारले अहिलेसम्म २७ करोड ५२ लाख १० हजार ४ सय ९९ रुपैयाँ राजश्व संकलन गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.