×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

हिरण्यवर्ण महाविहारमा बढ्दै चिनियाँ पर्यटक

१८ बैशाख २०७५

ललितपुर, १८ वैशाख ः हिरण्यवर्ण महाविहार (गोल्डन टेम्पले) आउनेमा चिनियाँ पर्यटकको संख्या चार÷पाँच वर्षयता बढिरहेको छ ।

महाविहारमा एक वर्षमा ५० हजारको हाराहारीमा बाह्य पर्यटक आउने गरेका छन् । तीमध्ये कुन देशबाट कति आए भनेर छुट्याएर नराखिएको महाविहार संरक्षण समितिका अध्यक्ष विकास धाख्वले बताए । उनले भने, “तर चिनियाँ पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको देख्न सकिन्छ ।” चिनियाँ पर्यटक एक्लै, सानो समूहमा र ठूलो समूहमा आइरहेका छन् ।

पहिले युरोपेली देशबाट आउने पर्यटक बढी भएकामा अहिले चीन, जापान र दक्षिण एशियाली देशका पर्यटक बढी रहेको अध्यक्ष धाख्वले जानकारी दिए । भूकम्प गएपछिका वर्षमा हेर्दा छिमेकी मुलुकका पर्यटकको संख्यामा वृद्धि भइरहेको छ । उनले भने, “अध्ययनका लागि वा घुम्नका लागि आउनेमा छिमेकी देशका पर्यटक बढिरहेका छन् ।” महाविहारमा धार्मिक पर्यटकसमेत आउने गर्छन् । कतिपय दरबार क्षेत्र आएका पर्यटक त महाविहार नै आउने गर्दछन् ।

महाविहारले अहिले पर्यटकसँग रु ५० शुल्क लिँदै आएको छ । दुई वर्ष पहिले पाटन सङ्ग्रहालय र नगरपालिकाले लिने शुल्कमा ‘एकद्वार प्रणाली’ लागू भएपछि महाविहारमा समेत सो प्रणाली लागू गर्न महानगरपालिकाले भन्दै आएको छ । संरक्षण समितिले भने पुनःनिर्माण सकिएपछि मात्रै एकद्वार प्रणालीमा जाने भन्दै आएको छ ।

उक्त महाविहार उपत्यकाको सबैभन्दा बढी सर्वसंघ (सदस्यहरु) रहेको महाविहार हो ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top