Nepal Times
Nepal Times
3
Shares

हुम्लामा जिप दुर्घटना : ४ जनाको मृत्यु, ७ जना घाइते

हुम्लामा जिप दुर्घटना : ४ जनाको मृत्यु, ७ जना घाइते

२० मंसिर, हुम्ला ।

हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा एक बच्चा सहित ७ जना घाइते भएका छन् ।  सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका नजिकै शुक्रबार राती लु २ च २१०२ नम्बरको जिप दुर्घटना भएकाे हाे ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाडाफयामा राती ११:०० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बलेरो जिप सडक भन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको जनाइएकाे छ ।

दुर्घटनामा परी मृत्य हुनेमा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार,सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ ,उनका श्रीमान ४५ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिए ।

त्यस्तै घाइते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् । घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

 जिप दुर्घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले उद्धार गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.