Nepal Times
Nepal Times
3
Shares

होप इन्टरनेशनलमा वैदेशिक रोजगार विभागको छापा, विदेशी दूतावासको गाडी पनि भेटियो

होप इन्टरनेशनलमा वैदेशिक रोजगार विभागको छापा, विदेशी दूतावासको गाडी पनि भेटियो

९ मंसिर, काठमाडौं । पूर्व श्रम स्वीकृति नलिई कतार पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको होप इन्टरनेशनलमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

मानिस जम्मा पारेर गोप्य रुपमा अन्तर्वार्ता लिइरहेको सूचना पाएपछि विभागको टोलीले मंगलबार लाजिम्पाटस्थित होप इन्टरनेशनलमा छापा मारेको विभागका सूचना अधिकारी टीकामणि नेउपानेले जानकारी दिए ।

म्यानपावर हाताभित्र कुटनीतिक नियोगको गाडीसमेत भेटिएको छ । तर त्यो गाडी कुन कुटनीतिक नियोगको हो भनेर खुलिनसकेको सूचना अधिकारी न्यौपानेले बताए ।

विभागको टोली अहिले पनि विभागमै रहेको र यसबारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

विभागले सोमबार डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा पनि छापा मारेर कागजपत्रसमेत जफत गरेको थियो । ती म्यानपावरमा ४ सयभन्दा बढी युवाहरु अन्तर्वार्ताका लागि आएको भेटिएको थियो । नियमअनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्व श्रमस्वीकृति लिनुपर्छ । र, तय भएको अन्तर्वार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ ।

अन्तरवार्तामा छनोट भएका कामदारको अन्तिम श्रम स्वीकृति विभागबाट जारी हुन्छ । तर, अहिले काठमाण्डौमा विभिन्न म्यानपावरले ठगी गर्ने गरी पूर्व स्वीकृति नभएको श्रमिकको मागपत्रमा आधारित भएर अन्तर्वार्ता चलाइरहेको पुष्टि भएको छ ।

कतारमा रहेको नेपाली दूतावासले भने गएको आइतबारदेखि मात्रै नयाँ मागपत्र प्रमाणीकरणको काम सुरु गरेको छ । कतार सरकारले नोभेम्बर १५ मा सूचना जारी गर्दै नयाँ श्रम अनुमोदन खुल्ला गरेको जानकारी गराएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.