×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

०२३ मा अमेरिका, युरोप र चीनको अर्थतन्त्र डग्मगाउने

१९ पुष २०७९

१९ पौष, एजेन्सी ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्वका एक तिहाइ देशहरु आर्थिक मन्दीमा पर्ने चेतावनी दिएको छ । आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्वका प्रमुख अर्थतन्त्र भएका देश सुस्ताउँदा अघिल्लो वर्षको तुलनामा २०२३ झन् ’कठिन’ हुने बताएकी हुन् ।

जर्जिएभाले अमेरिका, युरोप र चीनको अर्थतन्त्र सुस्त देखिएको बताइन् । आउँदो मन्दीको मुख्य कारण रुस–युक्रेन युद्ध, बढ्दो मुद्रास्फीति, उच्च ब्याज दर हो । यसबाहेक चीनमा फैलिएको कोभिड प्रकोपले विश्वव्यापी अर्थतन्त्रलाई नै धक्का दिएको छ । मन्दीको पूर्व संकेतलाई मध्यनजर गर्दै अक्टोबरमा आइएमएफले २०२३ को लागि विश्वव्यापी आर्थिक वृद्धिदरको लक्ष्य कटौती गरेको थियो ।

सुस्त अर्थतन्त्रका कारण विश्वव्यापी आर्थिक वृद्धिदर २०२३ मा २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण आइएमएफले गरेको छ । जुन विश्वव्यापी वित्तीय संकट र कोभिड–१९ महामारीलाई पन्छाउने हो भने २००१ पछिको सबैभन्दा कमजोर वृद्धिदर हो । आर्थिक वृद्धि सन् २०२२ मा ३.२ प्रतिशतमा ओर्लिएको हो, जुन २०२१ मा ६ प्रतिशत थियो ।

’हामी विश्वका एक तिहाइ देशहरु मन्दीमा पर्ने प्रक्षेपण गर्दैछौं,’ आइएमएफकी प्रबन्ध निर्देशक जर्जिएभाले सीबीएसको ’फेस द नेसन’ कार्यक्रममा भनेकी हुन् । मन्दीमा नभएका मुलुकका करोडौं मानिसले मन्दी जस्तो अवस्था महसुस गर्ने उनको टिप्पणी छ ।

आइएमएफले रुस–युक्रेन युद्ध र निरन्तर बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकहरूले बढाएको ब्याजदरका कारण आर्थिक वृद्धिदर घटाएको थियो । जसलगत्तै चीनले आफ्नो जिरो–कोभिड पोलिसी खारेज गरेको हो । र, आफ्नो अर्थव्यवस्था पुनः खोल्न थालेको छ । यद्यपि चीनमा कोरोना भाइरस संक्रमण द्रुत गतिमा फैलिने क्रम जारी छ ।

जर्जिएभाले विश्वको दोस्रो ठूलो अर्थतन्त्र, चीनले सन् २०२३ मा कठिन सुरुवातको सामना गर्ने चेतावनी समेत दिएकी छन् । ’आगामी केही महिना चीनका लागि कठिन हुनेछ र चिनियाँ वृद्धिमा प्रभाव नकारात्मक हुनेछ । जसले गर्दा विश्वव्यापी आर्थिक वृद्धिमा प्रभाव नकारात्मक हुनेछ,’ उनले भनेकी छन् ।

जर्जिएभाको टिप्पणी अनुसार विश्वभरका मानिसहरूका लागि चिन्ताजनक अवस्था हुनेछ । झन् २०२२ मा कठिन अवस्थासँग जुधेका एसियाली देशहरुलाई थप प्रभाव पर्ने उनले बताएकी छन् । एसियाली मुलुकहरुमा युक्रेनको युद्धका कारण मुद्रास्फीति निरन्तर बढिरहेको छ ।

र, उच्च ब्याजदरले यस क्षेत्रका घरपरिवार र व्यापारलाई पनि असर गरेको अवस्था छ । तथ्यांक अनुसार, सन् २०२२ को अन्त्यसम्म चिनियाँ अर्थतन्त्र कमजोर भएको देखिएको छ । कोरोना संक्रमण फैलिएको कारणले झन्डै तीन वर्षयता सबैभन्दा छिटो दरमा चीनका औद्योगिक गतिविधिहरू साँघुरिँदै गएका छन् ।

अमेरिकामा आएको मन्दीको कारण पनि चीन, थाइल्याण्ड र भियतनाम लगायत एसियाली मुलुकहरूमा बनाइएका उत्पादनहरूको माग कम छ । उच्च ब्याजदरले कर्जा पनि महँगो बनाएको छ । दशकौंदेखि एसिया–प्रशान्तका मुलुकहरु प्रमुख व्यापार साझेदार र संकटको समयमा आर्थिक सहयोगका लागि चीनमा निर्भर छन्।

अहिले पनि एसियाली अर्थतन्त्र चीनले कोभिड महामारी सम्हाल्न नसकेको प्रभावको सामना गरिरहेका छन् । जुन बेइजिङले जिरो–कोभिड पोलिसी अन्त्य लगत्तै ट्रयाकमा फर्कने प्रक्षेपण छ । टेस्ला कार र एप्पल आइफोन जस्ता उत्पादनहरूको व्यवसाय पनि पुरागमन हुने बताइएको छ । तर, तेल र फलाम जस्ता वस्तुहरूको माग बढेलगत्तै मुद्रास्फीति चरम सीमामा पुग्ने सम्भावना छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top