×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१० लाख थान मास्कसहित सानो भर्‍याङबाट एक जना पक्राउ

५ चैत्र २०७६

५ चैत्र, काठमाडौँ ।
काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्कसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखाका युवराज न्यौपानेलाई १० लाख मास्कसहित पक्राउ गरेको हो। मास्क राखिएका कार्टुनसहित प्रहरीले न्यौपानेलाई नियन्त्रणमा लिएको छ।

यसअघि केही दिनअघि मात्र राजधानीका विभिन्न दुई स्थानबाट १० लाख भन्दा बढी मास्क बरामद भएको थियो। कोरोना भाइरसको संक्रमणपछि बजारमा कृत्रिम अभाव सृजना गरि कालोबजारी गर्न खोजेको आरोपमा प्रहरीले व्यापारीहरुमाथी विषेश निगरानी बढाएको छ।

न्यौपाने दीप ओभरसिजका सन्चालक हुन्। महाशाखाका प्रमुख सहकुल थापाले २० देखी ३० रुपैयाँसम्म प्रति मास्क बिक्री गर्ने ‘डील’ गरिरहेका बेला न्यौपानेलाई नियन्त्रणमा लिएको जानकारी दिए। ‘बीचको मान्छेसँग कुरा भईरहेको बेला उनलाई समातेका छौँ’ एसएसपी थापाले भने।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top