×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

२२ कार्तिक २०८२

२१ कार्तिक , काठमाण्डौ ।

सरकारको विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएपनि सुशीला सरकारले ती राजदूतलाई स्वदेश फर्काउदै ११ कार्यवहाक राजदूत तोकेको छ ।

सरकारले सर्वाेच्चको आदेशको परिपालना गर्न फिर्ता बोलाइएका राजदूतहरुलाई भने मन्त्रालयमा हाजिर गराउने भएको छ । सरकारले फिर्ता बोलाएका राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा कामकाजका लागि व्यवस्था मिलाइएको छ ।

असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न ११ मुलुकमा कार्यरत राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तीमध्ये अधिकांश नेपाल आइसकेका छन् । उनीहरु सरकारको सम्पर्कमा छन् ।

बाँकी आउने क्रममा रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । फिर्ता बोलाइएका राजदूतहरुलाई कात्तिक २० गतेभित्र नेपाल आइपुग्न समयसीमा तोकिएको थियो । त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ ।

तर त्यसको भोलिपल्ट अर्थात् कात्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हालेको परराष्ट्र मन्त्रालयले अर्को पत्र पठाएर राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा काज फिर्ता बोलायो ।

सर्वोच्चको आदेशले फिर्ता बोलाइएका राजदूतहरुलाई केही राहत भएपनि परराष्ट्र मन्त्रालयले अर्को पत्र पठाएपछि उनीहरु धमाधम नेपाल फर्किन थालेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकेन्द्रबहादुर क्षेत्रीले फिर्ता बोलाइएका सबै राजदूत परराष्ट्र मन्त्रालयको सम्पर्कमा रहेको बताएका छन् ।

सरकारले अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका कृष्णप्रसाद ओली, जापानका डा. दुर्गाबहादुर सुवेदी, इजरायलका धनप्रसाद पण्डित, स्पेनका सनिल नेपाल, जर्मनीका शैल रुपाखेती, कतारका रमेशचन्द्र पौडेल, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल र बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरेले नेपाल फर्केपछि राजीनामा पनि दिइसकेका छन् । आफूले गरेको कामको प्रगति प्रवितेदनसहित घिमिरेले पदबाट राजीनामा दिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

फिर्ता बोलाइएका अन्य राजदूतहरु पनि राजीनामा दिने तयारीमा रहेको बुझिएको छ । फिर्ता भएका राजदूतहरुका लागि परराष्ट्र मन्त्रालयमा बस्ने ठाउँको व्यवस्था मिलाइएको छ । उनीहरु अब मन्त्रालयमै हाजिर भएर कामकाज गर्नुपर्ने हुन्छ ।

उनीहरुसँग भएको ज्ञानसीपका आधारमा परराष्ट्र मन्त्रालयले आवश्यकताका आधारमा सुझावहरु लिने बताइएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘हाल मन्त्रालयमा उहाँहरुका लागि बस्ने व्यवस्थासम्म गरिएको छ, काम तथा जिम्मेवारीको बारेमा अहिले केही टुङ्गो लागेको छैन ।’

अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि परराष्ट्र मन्त्रालयमा कामकाज गर्नेगरी उनीहरुलाई फिर्ता बोलाइएको हो । ती अधिकारीका अनुसार कामकाज सन्तोषजनक नभएको भन्दै सरकारले उनीहरुलाई जुनसुकै बेला हटाउन सक्ने सम्भावना छ ।

११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई कार्यवाहक तोकिएको छ । ती कार्यवाहक राजदूतहरुले आ–आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूतको जिम्मेवारी परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले सम्हाल्नेछन् भने चीनको कार्यवाहकमा सहसचिव रोशन खनाल छन्।

जर्मनीको कार्यवाहकमा उपनियोग प्रमुख सागर फुयाल, जापानको कार्यवाहकमा उपनियोग प्रमुख हरिहरकान्त पौडेल, मलेसियाको कार्यवाहकमा उपनियोग प्रमुख मुदिता बज्राचार्य, कतारको कार्यवाहकमा उपनियोग प्रमुख कुमार राई छन् ।

यस्तै बेलायतको कार्यवाहकमा उपनियोग प्रमुख विपिन घिमिरे, साउदी अरेबियाको कार्यवाहकमा उपनियोग प्रमुख सिर्जना अधिकारी, स्पेनको कार्यवाहकमा उपनियोग प्रमुख पूरक अधिकारी, इजरायलको कार्यवाहकमा उपनियोग प्रमुख अधिकृत कुमारबहादुर श्रेष्ठ र रुसको कार्यवाहकमा सहचारी कसम पोखरेल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top