Nepal Times
Nepal Times
3
Shares

१३ औँ सागमा कम्तीमा ५० स्वर्ण जित्‍ने नेपालको लक्ष्य

१३ औँ सागमा कम्तीमा ५० स्वर्ण जित्‍ने नेपालको लक्ष्य

३० कात्तिक, काठमाडौँ ।
नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता( साग) मा कम्तिमा ५० स्वर्ण जित्ने लक्ष राखेको छ । १३ औ साग मुल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरि दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य राखिएको जनाएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले प्रतियोगिता आयोजना संगै प्रर्दशन र नतिजाको हिसाबले पनि राम्रो तयारी भएकाले धेरै स्वर्ण पदक जित्ने संभावना बढेको बताएका हुन् । परिषद्ले २१ जना खेलाडीलाई बैदेशिक प्रशिक्षणमा पठाएको छ भने नेपालमै रहेका अधिकांश खेलमा पनि विदेशी प्रशिक्षक ल्याएर तयारी गरिरहेको छ । सदस्य सचिव सिलवालले स्वर्ण पदक हासिल गर्नका लागि तयारी राम्रो भएको र खेलाडी तथा प्रशिक्षलाई हौसला प्रदान गर्नका लागि एकसाता भित्र छुट्टै कार्यक्रम गरी प्रधानमन्त्रीले सम्बोधन गर्ने पनि जानकारी दिए । उनले पुर्वाधारका बाँकी कामहरु पनि सम्पन्न हुने क्रममा रहेको बताए ।

पत्रकार सम्मेलनमा साग मुल आयोजक समिति अन्र्तगत प्रचार प्रसार तथा प्रकाशन समितिका संयोजक शिव कोइरालाले विगतको तुलनामा तयारी राम्रो , भत्तामा वृद्धि लगायतले खेलाडीको हौसला बढेकाले उत्साहजनक खेल हुनुको साथै अहिले सम्मकै राम्रो नतिजा हासिल गर्ने अपेक्षा आफुहरुले लिएको बताए ।

सात देशका ३ हजार बढी खेलाडी र अफिसियल गरि सागमा ५ हजार विदेशी पाहुना सहभागी हुने बताईएको छ । काठमाण्डौमा २१, पोखरामा ९ र जनकपुरमा १ खेलको आयोजना हुने छ । फुटबल, भलिबल, क्रिकेटका खेलहरु पोखरा र काठमाण्डौ दुवै स्थानमा हुनेछन् । प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरि कुल १ हजार १ सय ३५ पदका लागि प्रतिस्पर्धा हुनेछ । सरकारले साग प्रतियोगिता गर्नका लागि आवश्यक पुर्वाधार निर्माणको लागि १ अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाको लागि ३ अर्ब ६५ करोड रुपैयाको बजेट निकासा गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.