Nepal Times
Nepal Times
3
Shares

१३ औं सागमा तीन पदकधारीले डोपिङ गरेको खुलेपछि पदक खोसियो

१३ औं सागमा तीन पदकधारीले डोपिङ गरेको खुलेपछि पदक खोसियो

२८ साउन, काठमाडौं । २०१९ डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिबन्धित पदार्थ प्रयोग अर्थात् डोपिङ टेस्ट पोजेटिभ आएपछि तीन पदकधारीको पदक खोसिएको छ । व्यक्तिगततर्फ दुई स्वर्ण र एक कास्य तथा एक टिम इभेन्टमा कास्य जित्ने तीनै खेलाडी पाकिस्तानका हुन् ।

एथलेटिक्सतर्फ १ सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र ४ सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अलीले प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएको हो । नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति जारी गर्दै तीनै खेलाडीलाई चार वर्ष प्रतिबन्धका साथै पदक खोसिएको जनाएको छ । यी तीनै खेलाडीलाई २०२३ डिसेम्बरसम्म निलम्बन गरिएको छ ।

४ सय मिटर हर्डल्समा महबुब अलीको पदक खोसिएसँगै अब भारतका जाबिर मदारी पाले स्वर्ण पदक पाउने छन् । भारतका सन्तोष कुमारले रजत पाउँदा त्यसबेला चौथो रहेका श्रीलंकाका आसंका इन्द्रजितले कास्य पदक प्राप्त गर्नेछन् ।

यसरी पुरुष ११० मिटर हर्डल्समा स्वर्ण जितेका नइमको पदक खोसिँदा भारतका सुरेन्दर जयकले स्वर्ण हासिल गरेका छन् । श्रीलंकाका रोशन धामीकाले रजत तथा भारतकै मेमन पौलोसले कास्य पदक प्राप्त गर्नेछन् ।

डोपिङमा परेसँगै अब पाकिस्तानले जितेको कास्य पदक बंगलादेशले पाउने भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.