१८ असाेज, काठमाडाैँ ।
युवापुस्तामाझ चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ पनि अब फिल्मको नायक बन्ने भएका छन् । उनले १८ लाख पारिश्रमिक लिएर ‘रत्नपार्क’ नामक फिल्म साइन गरेका छन् । उक्त फिल्म बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको हाे ।
आइतबार राजधानीमा आयोजित फिल्म ‘डाँडाको बर पीपल’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बुढासुब्बाका सञ्चालक नवराज गिरीले भिटेनलाई लिएर फिल्म निर्माण गर्न लागेको स्वीकार गरे । तर, उनले पारिश्रमिकको विषयमा मुख नखाेलेपनि ८ लाख पारिश्रमिक लिएकाे बुझिएकाे छ ।
ओटीटी प्लेटफर्म, सिनेमा हल र टेलिभिजनमा रिलिज गर्ने गरी निर्माण हुन लागेको यो फिल्ममा अश्लील शब्दको अत्याधिक प्रयोग हुने जनाइएकाे छ ।
रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए । र्यापर गिरीश खतिवडाले उनलाई आफ्नो ब्लगमा ल्याएपछि भिटेन थप चर्चित भए । अघिल्लो वर्ष उनलाई अश्लिल गीतहरू गाएको आरोपमा प्रहरीले पक्राउ समेत गरेको थियो ।
‘भिटेन’ले युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने ‘बैनी’, ‘लफंगा’, ‘चुरोट’, ‘हालखबर’, ‘कथा’ जस्ता सन्देशमूलक गीत पनि गाएका छन् ।
फिल्म क्षेत्रलाई चलायमान बनाउन र कन्टेन्ट निकाल्नका लागि बुढासुब्बाले ७ वटा फिल्मको घोषणा गरेको छ । त्यसमध्ये एउटा भिटेनलाई लिएर निर्माण हुनेछ । अब बुढासुब्बाले टि-सिरिज जस्तै आफैंले फिल्म बनाउने सञ्चालक गिरीले बताएका छन् ।