Nepal Times
Nepal Times
3
Shares

१९ तोला अवैध सुनसहित दुई जना सिरहाबाट पक्राउ

१९ तोला अवैध सुनसहित दुई जना सिरहाबाट पक्राउ

१३ फागुन, सिरहा । सिराहाको लाहान नगरपालिका १९ छर्रापट्टीबाट १९ तोला ९७ लाल अवैध सुनसहित दुई जना पक्राउ परेका छन् ।

मंगलबार बिहान आठ बजे इलाका प्रहरी कार्यालय लाहानबाट खटिएको टोलीले लाहान नगरपालिका १९ छर्रापट्टी बस्ने २४ वर्षीय मोहमद मोतिउल रहमान र सोही स्थानका २१ वर्षीय मोहमद मुर्तुजालाई पक्राउ गरेको हो ।

उनीहरुबाट प्रहरीले १५ लाख ५७ हजार ७९ रुपैयाँ बराबरको सुन चार वटा चेप्टो टुक्रा गोलो बनाई लुकाएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रहरीले को ३८ प २६३२ नम्वरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला भन्सार कार्यालय ठाडी, सिराहामा बुझाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.