×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

१ लाखमा बनेको लोगो विराटनगर महानगरको विवादित / किन मन परेन ?

१२ जेष्ठ २०८०

१२ जेठ, विराटनगर ।
कोशी प्रदेशको राजधानी तथा प्रदेशको एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकाले आफ्नो लोगो सार्वजनिक गरेको छ। विराटनगर महानगरपालिकाले आफ्नो पहिचान दिलाउने छुट्टै लोगो बनाएको हो । सार्वजनिक सूचना आह्वान गरेर सर्वसाधारणबाट लोगोको ‘डिजाइन’ माग गरिएको थियो ।

विहीबार साँझ महानगरले एक कार्यक्रम गरी प्राप्त भएका १५८ मध्ये नरकुमार श्रेष्ठले डिजाइन गरेको लोगो छनोट गरेको हो । छनोट गर्न उपमेयर शिल्पा निराला कार्कीको संयोकत्वमा चार सदस्यीय समिति गठन भएको थियो । श्रेष्ठले डिजाइन गरेको लोगोमा नेपालको नक्सा, विराटनगरमा भएका विभिन्न राजीनिक आन्दोलनको चित्र, विराट राजाको दरबार, राधाकृष्ण रथयात्रा, विमानस्थललगायत विराटनगरलाई चिनाउने संकेत समेटिएको छ ।

तर लोगो सार्वजनिक भएसँगै सामाजिक संजालमा यसको प्रशंसा भन्दा आलोचना बढी भएको छ । अधिकांशले महानगरको लोगो अत्यन्त भद्धा तथा बुझ्नै नसकिने भएको प्रतिक्रिया जनाएका छन् । लोगोले विराटनगरको प्रतिनिधित्व नगरेको धेरैको प्रतिक्रिया रहेको छ ।

महानगरका मेयर नागेश कोइरालाको सचिवालयले सामाजिक संजालमा राखेको लोगोको प्रतिक्रियामा पनि अधिकांशले लोगो मन नपरेको प्रतिक्रिया दिएका छन् । ओम श्रेष्ठ लेख्छन्, मलाई त यो लोगो मन परेन। लोगो भनेको त प्रतिकात्मक सकेसम्म एउटै चिन्ह सबैले बुझ्ने किसिमको पो हुनु पर्छ, फेरि यो सम्बन्धी बिराटनगरको सर्वसाधारण जनताको जानकारी बिना कुन चैं बिषेशज्ञले खिचडी प्रकारको बनाएको हो ? यो बनाउने र पास गर्नेहरु नै जानुन , तर यसले बिराटनगरको प्रतिनिधित्व चैं गर्दैन है ।

यस्तै पेशल ढुङ्गेल लेख्छने फेद न टुप्पो को । लोगोको बारेमा मनिषा ब।ाल लेख्छिन्, यस्तो पनि लागो हुन्छ ? नर्सरी क्लासको बच्चाले बरु यो भन्दा राम्रो ड्रईङ गर्दछ । पक्कै जोगबनीको बोर्डरमा बसेर बनाएको हुनुपर्दछ ।

लोगोको बारेमा निरज शर्माले लेखेका छन् इन्डियाको लाल किल्ला पो छ त । लोगोका बारेमा बन्दना निरौलाले लेखेकी छन्, लोगो मेयर साप उपमेयर सापले आफ्नै छोरा छोरीलाई बनाउन दिएको जस्तो छ त । कर्ण अशोक लेख्छन् यो विराटनगर महानगरपालिकाको लोगो हो कि पाकिस्तान नगरपालिका हो ?

यस्तै सामाजिक संजालमा प्रकाश रायामाझीले लोगो राखेर लेखेका छन्, बिराटनगर महानगरपालिकाको यो लोगो बाट माथिको मंदिर हटाउदा चाहिँ पुरै सुन्दर देखिने रैछ। उर्दु भाषा पनि छुटेछ। महानगरको बिहीबार लोगो सार्वजनिक तथा जनप्रतिनिधिको कार्यभार एक वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार भेटमा मेयर नागेश कोईरालाले वितेको वर्ष महानगरको सरसफाईमा केन्द्रित भएको बताए।

उनले महानगरको पहिचान दिलाउने गरी पहिलो पटक आफ्नै लोगो निर्माण गरेको बताए । महानगरको लोगो सार्वजनिक गर्दै उपमेयर शिल्पा कार्कीले लोगोमा नेपालको नक्सा, विराटनगरमा भएका आन्दोलन, विराट राजाको दरबार, राधाकृष्ण रथयात्रा, विमानस्थललगायतलाई समेटेर बनाइएको बताइन् । लोगो डिजाईन गरेका श्रेष्ठले एक लाख रूपैया पारिश्रमिक हात पारेका छन् ।

 

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top