Nepal Times
Nepal Times
3
Shares

२०७७ को मदन पुरस्कार भगिराज इङ्नामलाई, भैरवबहादुरलाई जगदम्बाश्री

२०७७ को मदन पुरस्कार भगिराज इङ्नामलाई, भैरवबहादुरलाई जगदम्बाश्री

७ असाेज, काठमाडौँ ।

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२०’ पुस्तकका लागि भगिराज इङ्नामलाई दिइने भएकाे छ । असोज सात गते बसेको मदन पुरस्कार गुठीको बैठकले इङ्नामलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

गुठीमा प्राप्त २२२ पुस्तकमध्ये ९ वटा पुस्तकहरू क्रमशः एकलव्यको देब्रे हात (गिरि श्रीस मगर), करिया (कृष्ण अविरल), कल्प-ग्रन्थ (कुमार नगरकोटी), नृत्याक्षर विज्ञान (भैरवबहादुर थापा), फिलिङ्गो (प्रभा बराल), फुलाङ्गे (लेखनाथ क्षेत्री), मोक्षभूमि (केशव दाहाल), रमिते (जेसन कुवँर) र लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२० (भगिराज इङ्नाम) मदन पुरस्कार श्रेष्ठ सूची २०७७ का रूपमा छनोट भएका थिए ।

यस्तै, जगदम्बा श्री पुरस्कार सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत नृत्यक्षेत्रका उन्नयनमा समर्पित भैरवबहादुर थापालाई दिने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.