Nepal Times
Nepal Times
3
Shares

२० प्रतिशत सहुलियतमा ५ हजार १ सय परिवारलाई खाद्यान्न बिक्री गरियो : खाद्य व्यवस्था

२० प्रतिशत सहुलियतमा ५ हजार १ सय परिवारलाई खाद्यान्न बिक्री गरियो : खाद्य व्यवस्था

६ असार, काठमाडौं ।

लकडाउन अवधिमा पाँच हजार एक सय परिवारलाई सहुलियतमा खाद्यान्न उपलब्ध गराएको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयले जनाएको छ ।

खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश प्रमुख ज्ञानु थापाले जेठ २१ गतेदेखि असार ४ गतेसम्म पाँच हजार एक सय परिवारलाई २० प्रतिशत सहुलियतमा खाद्यान्न विक्री गरेको बताईन् ।

आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यको बुँदा नं. ५५ मा उल्लेख भए बमोजिम उपभोक्तालाई २० प्रतिशत छुटमा खाद्यान्न उपलब्ध गराउने निर्णय भएको र सो निर्णय अनुसार सहुलियतमा खाद्यान्न विक्री गरेको उनको भनाई छ ।

हालसम्म सहुलियत दरमा १४ सय ५ क्वीन्टल चामल, ३० क्विन्टल सिमी, २२ क्वीन्टल गहुँ उपलब्ध गराइएको थापाले बताईन् । कम्पनीले यस अवधिमा ८७ लाख २४ हजार ३२५ रुपैयाँ रकम बराबरको खाद्यान्न विक्री गरेको पनि उनले जानकारी दिईन् ।

कम्पनीले काठमाडौं उपत्यकाको चक्रपथ सेरोफेरोको आसपास सम्म खाद्यान्न सामग्रीको होम डेलीभरी पनि गर्दै आएको थापाले जानकारी दिइन् । होम डेलीभरी सेवामा भने छुट नदिइने उनले स्पष्ट पारिन् ।

खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले गत मंसिरदेखि चैत्रसम्म करिब २ लाख ७७ हजार क्विन्टल धान किसानसँग किनेको र सोही धानलाई कुटी चामल विभिन्न दुर्गम जिल्लामा पु¥याउनेदेखि काठमाडौंमा विक्री वितरण गरिएको उनले बताईन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.